समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

झापामा ७ असार सम्म निषेधाज्ञा खाद्यन्न, हार्डवेयरलाई खुकुलो

चन्द्रगढी । असार ७ गतेसम्मलाई निषेधाज्ञा थप गर्दै झापामा खुकुलो बनाईएको छ । आज बसेको डीसीसीएमसीको बैठकले नागरिकको जन- जीवनलाई सहज बनाउन खाद्यन्न, हार्डवेयर, कृषि ,वीउ विजन, खुकुलो बनाइएको छ ।

Advertisement

डीसीसीएमसीको आज बसेको बैठकले खाद्यनन, फलफुल, तरकारी माछामासु, दुध डेरी , पुस्तक पसल, हार्डवेयर पसल विहान ६ बजेबाट १० बजेसम्म सञ्चालन गर्न दिने निणर्य गरेको छ । हाट बजार , पार्टी, भोज लगायतका भीडभाड हुने कार्य नगर्न समितिले आह्वान समेत गरेको छ ।

Advertisement

बैंक तथा वित्तिय संस्थाहरुले न्यूनतम कर्मचारी उपस्थित गराई सेवा प्रवाह गर्ने , एटीएम २४ घण्टा खुल्ला राख्न सूचित गरिएको छ । यस्तै, सहकारीहरुलाई घर पसल तथा समूहमा गई बचत संकलन गर्ने कार्य लाई रोक लगाएको छ ।

मल खाध, वीउविजन, कुखुराका चल्ला, दाना,पशुपंक्षीका आहार सम्बन्धी पसललाई विहान १० देखी ५ बजेसम्म सञ्चालन गर्न अनुमति दिइएको छ ।

त्यस्तै हार्डवेयर सम्बन्धी पसल विहान ६ बजेबाट १० बजेसम्म खुल्ला गर्न अनुमती दिएको छ । निषेधाज्ञा अवधिभर सार्वजनिक एवम् निजी सवारी सञ्चालनमा भने रोक लगाएको छ ।बिस्णुकुमारी घिमिरे

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article