स्वास्थ्य
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

हल्दिवारीमा बौद्ध धार्मिक गुरु फुर्तेम्बाको कोरोना संक्रमणबाट मृत्यु

हल्दिवारी गाउँपालिका वडा नम्बर ४ का कोरोना संक्रमीत एक ४० बर्षिय पुरुषको उपचारकै क्रममा हिजो मृत्यु भएको स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौलाले पुष्टि गर्नु भएको छ ।

Advertisement

बौद्ध धार्मिक गुरु फुर्तेम्बा ( तामाङ साइला ) ले चिनिएका सामाजिक व्यक्तित्वलाई ५ दिन अगाडि ज्वरो आएर उपचारका लागि बिएन्सी अस्पताल लगिएको थियोे ।

Advertisement

उनको पिसिआर परिक्षण गर्दा पोजेटिभ आएपछि अस्पतालमा नै भर्ना गरि उपचार गर्दा गर्दै हिजो बेलुकी निधन भएको बताईएको छ । मिर्तक फुर्तेम्बाको पार्थिक शरीरमा उनका बुबाले दागबत्ती दिदै आज ९ बजे कन्काई माईमा सदगती गरिएको छ।

हल्दिवारी गाउँपालिका अध्यक्ष रवीन्द्र प्रसाद लिन्देन ,वडा अध्यक्ष होम चुडाल लगायत उनका परिवार जनको उपस्थित रहेको थियोे ।

हल्दिवारीमा उनी संगै ७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ भने १४० जना सक्रिय संक्रमीत होम आइसोलेसनमा र अस्पतालमा उपचाररत रहेका छ्न ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article