समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

तोकिएकै मितिमा निर्वाचन : गृहमन्त्री

गृहमन्त्री खगराज अधिकारीले निर्धारित समयमा निर्वाचन गराउनको लागि गृह मन्त्रालय तयारी अवस्थामा रहेको बताएका छन् । गृहमन्त्री अधिकारीले मंगलबार मन्त्रालयमा सञ्चारकर्मीसँग कुरा गर्दै निर्धारित मितिमा निर्वाचन गराउनका लागि आवश्यक तयारी गरिसकेको बताएका हुन् ।

Advertisement

आवश्यक सम्पूर्ण तयारी पूरा भएकाले चुनाव गर्नका लागि रोकिनुपर्ने कुनै कारण नभएको उनको भनाइ छ ।

Advertisement

‘दुई चरणमा चुनाव गर्ने भनेको छ । त्यसमा कुन कुन जिल्ला वा निर्वाचन क्षेत्रमा कसरी गर्ने समेतको खाका बनाइसकेका छौं’ मन्त्री अधिकारीले भने, ‘अब हामीलाई तोकिएको मितिमा चुनाव गर्न केही समस्या छैन ।’

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article