समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

हल्दिवारी -२ का टोलटोलमा निशुल्क वाईफाई जडान

झापाको हल्दिवारी गाउँपालिका वडा नम्बर २ ले आफ्ना वडा वासिलाई सूचना दिने हेतुले वडाका टोलटोलमा वाईफाई जडान जडान गर्दै आएको वडा अध्यक्ष राजेन्द्र योङ्हाङले बताएका छ्न ।

Advertisement

अध्यक्ष योङहाङका अनुसार अहिले सम्म ९८ वटा वाईफाई गाउँवस्ती टोलटोलमा निशुल्क जडान गरि सकिएको छ।

Advertisement

वडावासीलाई वडाको बजेटबाट जडान गरिदिएको वाईफाईले अनलाइन कक्षा पड्ने विद्यार्थीलाई ठुलो सहयोग पुगेको स्थानीयहरु बताउछ्न योङहाङका अनुसार ०७७/०७८ को बजेटमै छुट्याइएको रकमबाट यस बर्ष ५२ टोलमा निशुल्क वाईफाई जडान गरिएको छ ।

उनका अनुसार सूचनाको हकको प्रतिभुती जनतालाई दिनलाई वाईफाई जोनको समेत व्यवस्था गरिएको छ । हाल एउटा वाईफाई जोन सुचारु अवस्थामा रहेको छ ,त्यहाँ एकै पटक ५० जना भन्दा बढिले सेवा लिन सक्नेछ्न ।

वाईफाई जडानको सम्पुर्ण खर्च वडाले व्यहोर्ने छ भने मासिक शुल्क भने टोलबासीले तिर्नु पर्ने छ ।त्यस्तै वाईफाई जोनको लाग्ने सबै शुल्क वडाले नै तिरिदिने व्यवस्था समेत मिलाइएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article