स्वास्थ्य
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

तरुण दल हल्दिवारीको आयोजनामा ७२ जनाले गरे रक्तदान

हल्दिवारी गाउँपालिका – ५ कन्चनश्री बजारमा तरुण दल हल्दिवारी गाउँ समितिको आयोजनामा सम्पन्न रक्तदान कार्यक्रममा ७ महिला सहित ७२ जनाले रक्तदान गरेका छ्न ।

Advertisement

Advertisement

तरुण दलका हल्दिवारी सभापति बुद्ध माओको सभापतित्व तथा काङ्ग्रेस नेता देउमान थेबेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

रक्तदान कार्यक्रमलाई प्रमुख अतिथी थेवे ,नेका युवा नेता नवीन बिमली , भगिरथ पोद्दार ,मदन बुढाथोकी ,भुपाल बस्नेत लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कोभिड – १९ को विषम परिस्थितिमा तरुण दलका युवाहरुले सामाजिक गतिविधिमा सक्रिय भएर नमुना काम गरेकोमा वक्ताहरुले आभार व्यक्त गरेका थिए ।रक्तसञ्चार सेवा केन्द्र झापाको प्राविधिक सहयोगमा भएको कार्यक्रममा स्वागत तरुण दल उपाध्यक्ष राजकिशोर शाहले गरेका थिए भने कार्यक्रमको सहजीकरण तरुण दल सचीव धर्मराज काफ्लेले गरेका थिए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article