हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

पत्रकारलाई खोप दिन सर्वोच्चको अन्तरिम आदेश

अग्रपंक्तिमा खटिएर काम गरिरहेका पत्रकारका लागि कोरोना खोप उपलव्ध गराउन अन्तरिक आदेश माग गर्दै सर्वोच्चमा हालेको रिटमा आज सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।

Advertisement

रिटमा अन्तरिम आदेश दिँदै सर्वोच्च अदालतले पहिलो खोप लगाएका पत्रकारलाई दोस्रो र पहिलो खोप नलगाएका पत्रकारलाई पहिलो खोप उपलब्ध गराउन अन्तरिम आदेश जारी गरेको छ ।

Advertisement

अन्तरिम आदेश दिनु नपर्ने कुनै कारण आधार भएमा १५ दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सर्वोच्चले निर्देशन दिएको छ ।

कोभिड १९ विरुद्धको खोप पत्रकारहरुलाई उपलव्ध गराउन स्वास्थ्य मन्त्रालयका आनाकानी गरेपछि सर्वोच्च अदालतमा रिट दायर गरिएको थियो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)