हल्दिबारी डटकम
Hover Ad Article
कृषि
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

हल्दिवारीमा विपन्नलाई इन्डक्सन चुलो ,किसानलाई कृषि औजार वितरण

हल्दिवारी – ६ असार । झापाको हल्दिवारी गाउँपालिका वडा नम्बर १ ले किसानहरुलाई लक्ष्यित गरि मकै छोडाउने मेसिन ,स्प्रे टयाङ्की तथा विपन्न परिवारलाई इन्डकशन चुलो वितरण गरिएको छ ।

Advertisement

अध्यक्ष त्रिलोचन सापकोटाका अनुसार आर्थिक बर्ष २०७७/०७८ को कार्यक्रम अनुसार ५०/५० को साझेदारीमा २४ वटा स्प्रे ट्याङ्की तथा १५ वटा मकै छोडाउने मिसिन किसानहरुलाई वितरण गरिएको छ ।

Advertisement

त्यस्तै वडाका अति विपन्न तथा दलित समुदायलाई ७२ थान इन्डक्सन चुलो समेत वितरण गरेको अध्यक्ष सापकोटाले हल्दिवारी डटकमलाई बताए ।

कोभिड-१९ को जोखिमका बिच विपन्न र दलितलाई ग्यास को सट्टा बिजुली बाट खान पकाउन् लाई सजिलो हुने किसिमले इन्डक्सन चुलो वितरण गरिएको गरिएको अध्यक्ष सापकोटाले बताए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)