हल्दिबारी डटकम
Hover Ad Article
बिचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

सिटौला आफ्नै क्षेत्रमा कमजोर , दिनभर सिटौलाको गुणगान रातपरेपछी ………..!

  • एनवी भारध्वज 

नेपाली काङ्ग्रेसका नेता तथा पुर्व उपप्रधानमन्त्री कृष्ण प्रसाद सिटौला आफ्नै निर्वाचन क्षेत्रमा पाटी तथा संसदिय मैदानमा समेत कम्जोर बन्दै गएका छ्न । २०४६ को जनआन्दोलन पछि राजनैतिक फड्को मार्दै काङ्ग्रेस महामन्त्री तथा शक्तिशाली गृहमन्त्री समेत बनेका सिटौला पछिल्लो समय कम्जोर बन्दै गएको विश्लेषण हुन थालेको छ ।

Advertisement

माओबादीलाई शान्ति वार्तामा ल्याउन स्व. गिरिजा प्रदाद कोइरालाको दाहिने हातको रूपमा काम गरेका सिटौलाले आफू गृहमन्त्री भएकै समय पहिलो संविधान सभा चुनाव समेत हार्न पुगेका थिए । आफू शक्तिशाली भएको समय केही नगरेको आरोप सिटौलालाई काङ्ग्रेस भित्र बाटै लाग्ने गरेको छ ।

Advertisement

त्यसैको परिमाण स्वरुप आफ्नै निर्वाचन क्षेत्रमा स्थानीय तहमा समेत नराम्रो गरि हार व्यहोर्नु पर्यो । काङ्ग्रेस शक्तिशाली हुदाहुदै पनि भद्रपुर नगरपालिका ,कचनकवल र हल्दिवारीमा काङ्ग्रेस कै आत्मा घातका कारण लज्जास्पद हार व्यहोर्नु पर्यो ।

संसदिय चुनावमा सिटौलालाई संसद भित्र पस्न रोक्ने रणनीति अनुसार भारतीय ” र “ का एजेन्ड कै मिलेमतोमा सिटौलालाई चुनाव लडाइ हराउन सक्रिय भद्रपुरकै काङ्ग्रेसहरु लागेको प्रष्ट थियोे ।

त्यसैको फक स्वरुप एमालेको सहयोगमा राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनले १३ हजार मतान्तरले सिटौलालाई हराए । त्यस चुनावमा काङ्ग्रेस बाट निर्वाचित जनप्रतिनिधि , आफू संगै उठेका उम्मेद्बार तथा निर्वाचन परिचालनमा खटिएका कार्यकर्ता समेतले सिटौलालाई आत्माघात गर्दै धोका दिएकै हुन ।

दिनभर सिटौला संग रातपरेपछी विपक्षीलाई साथदिदै हिडेका उनी निकट काङ्ग्रेस जन तथा काङ्ग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुको घेराबन्दीले सिटौलालाई दिनदिनै कमजोर बनाउदै लगेको छ ।

उनिको निर्वाचन क्षेत्रको बिकास निर्माणलाई हेर्ने हो भने सिटौलाको भुमिका ९९ प्रतिशत देखिन्छ ,तरपनी गरेका काम देखाउन नसक्ने एयरपोर्ट देखि सिटौलाको बाथरुम सम्मलाई घेराबन्दी गरेर राज गर्नेबाट कसरी उनी उम्कने हुन त्यो समयले देखाउने छ ।

क्रमस …….. के गरे सिटौलाले देसको लागि ? उनका राम्रो र नराम्रो पक्ष सहित 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)