स्वास्थ्य
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

प्रधानमन्त्रीकै निर्वाचन क्षेत्रमा नेता सिटौलाले दिए अक्सिजन कन्सन्टेटर

हल्दिवारी – ८ असार । नेपाली काँग्रेसका नेता तथा पुर्व उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौलाले आज झापाको भद्रपुरमा १० स्थानीय तहलाई १२ थान अक्सिजन कन्सन्टेटर हस्तान्तरण गरेका छ्न ।

Advertisement

मेडिकल एशोसिएसन नेपाल संग नेता सिटौलाले अनुरोध गरेपछि झापाका १० स्थानीय तहका १२ वटा स्वास्थ्य केन्द्रलाई एक– एक थान अक्सिजन कन्सन्टेटर सहित ५० थान पिइपी सेट उपलब्ध गराएका हुन ।

Advertisement

स्वास्थ्य कार्यालय झापामा एक कार्यक्रम गर्दै नेता सिटौलाले स्वास्थ्य केन्द्रका लागि ल्याइएका स्वास्थ्य सामग्री स्वास्थ्य कार्यालय प्रमुख ईश्वरीप्रसाद पौडेललाई हस्तान्तरण गरेका थिए । आजै ती सामग्री प्रमुख पौडेलले सम्बन्धित स्वास्थ्य केन्द्रहरूलाई हस्तान्तरण गरेका छन् ।

काङ्ग्रेस नेता सिटौलाले प्रधानमन्त्रीको निर्वाचन क्षेत्रमा रहेको गौरादह नगर पालिकामा रहेकोे गौरादह स्वास्थ्य चौकी त्यस्तै हल्दिवारी गाउँपालिकामा रहेको जलथल स्वास्थ्य चौकी , कचनकवल गाउँपालिकाको बनियानी प्राथमिक स्वास्थ्य केन्द्र, भद्रपुर नगरपालिका को पृथ्वीनगर स्वास्थ्य चौकी, महेशपुर स्वास्थ्यचौकी, चन्द्रगढी स्वास्थ्य चौकी छन् ।

त्यसैगरी बाह्रदशी गाउँपालिकाको राजगढ स्वास्थ्य चौकी, झापा गाउँपालिकाको कुमरखोद स्वास्थ्य चौकी, अर्जुनधारा नगरपालिकाको अर्जुनधारा प्राथमिक स्वास्थ्य केन्द्र, बिर्तामोड नगरपालिकाको अनारमनी नगर अस्पताल, , बुद्धशान्ति गाउँपालिकाको बुधवारे महिला सामुदायिक अस्पताल र शिवसतासी नगरपालिकाको शिवगञ्ज स्वास्थ्य चौकी रहेका छन् ।

उनले स्वास्थ्य कार्यालय झापासंग समन्वय गरि झापाका सबै निर्वाचन क्षेत्रलाई समेट्ने गरि अक्सिजन कन्सन्टेटर उपलब्ध गराएका थिए ।

स्वास्थ्य कार्यालय झापाका प्रमुख ईश्वीप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सम्बोधन गर्दै  काङ्ग्रेस नेता सिटौलाले सरकारी अस्पताल तथा स्वास्थ्य केन्द्रहरू सबल तथा स्तरीय हुन जरुरी रहेको बताए । उनले गरिव तथा विपन्नको उपचार गरि ज्यान बचाउन सरकारी स्वास्थ्य संस्थाहरू स्तरीय हुन जरुरी रहेको भन्दै अस्पतालको मुख नदेखी मर्नु पर्ने बाध्यता हटाउन सवै एकजुट हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठले नेता सिटौलाको पहलमा प्राप्त अक्सिजन कन्सन्टेटरले झापालाई मात्र नभई मेची कै जनतालाई जीवन बचाउन सहयोग पुग्ने धारणा राख्दै अक्सिजन अभावले कोइ मर्नु नपरोस् भन्ददै मेची अस्पताललाई अक्सिजन पलान्ट जडान गर्न नेता सिटौलाले खेलेको भुमिकाको नगर प्रमुख श्रेष्ठले प्रसंशा गरे ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article