हल्दिबारी डटकम
Hover Ad Article
साहित्य
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

कविता : थर हैन सोच बदलौ

– राज कुमार कार्की

Advertisement

बाटो घाटो मन्दिर होटलमा सगै छौ हामी
ए बि सि सीता गीता सुनुवार बाबुराम कामी।

Advertisement

भन्छौ चार जात छत्तीस वर्णको फूलबारी
जात भातका कुरा गरेर किन गर्छौ सधै भरि ?

हतियार बनाउने थिए ती काका मचबारीका कामी
रम्तेल काकाले सिलाएको जुत्ता लाउथिम रमाएर हामी।

मेरो लुगा सिलाउने थिए ती काका हुन डबले दमाई
प्रत्येक दशैमा गर्धन र पुच्छर लिनुहुन्थ्यो रमाइ रमाइ।

एउटा कैचि किनिदिनु भन्नु हुन्थ्यो भएपछि तिम्रो कमाइ
एउटा कैँची दिन पाएको भए लिनुहुन्थ्यो रमाइ रमाइ।

श्रद्धा सुमन छ मेरो आज उहाँहरु सबै जनामा
सानै हुँदा छोडेर जानु भयो सबैलाई संझन्छु मनमा।

विदेशी डलर खान रमाउछौ दलित भनि
थर फेरेर मात्रै हुन्छ त डा। साहेब अनि।

आरक्षण कोटा नपाएर ब्राह्मण क्षत्रीको छोराछोरी खाडीमा
दलितहरू विदेशी डलर पाएर सयर गर्दैछन् गाडीमा।

जुन जात धर्मका भए पनि मिलेर बसौ हामी
थर फेरेर मात्रै हुँदैन सोच बदलौ सबैले दामी।

काटे सबैको उस्तै नै आउँछ रातो रातो नै हजुर रगत
जात भातका कुरा गरेर समाज बिभाजन नगरौ फगत।

धन्यवाद ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)