हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

यसरी हटाउनुहोस् घरेलु उपचार विधिबाट कपालको चायाँ

प्राय मानिसहरुको कपालमा चाया पर्ने समस्याले पिरलिरहेको हुन्छ । यस्तो समस्या जो कोहिलाई हुने गर्दछ । यो एउटा आफैमा समस्या हो । धेरै जसो मानिसहरुको जाडो महिनामा कपालमा बढी चाया पर्छ ।सरसफाइमा ध्यान नदिने मानिसमा चायाँ पर्ने सम्भावना हुन्छ । कपाल कम नुहाउने बानीले पनि चायाँ पर्न सक्छ ।

Advertisement

शरीरमा हुने हर्मोन परिवर्तन, वंशाणुगत गुण, टाउकोमा विभिन्न रोग, अस्वस्थकर खानपान, कपालमा केमिकलको प्रयोगजस्ता कारणले पनि चायाँ पर्छ ।नुहाउन दुइ घण्टा अघि नरिवलको तेलमा कपूर मिसाएर औंलाका टुप्पाले तालुमा मालिश गरी नुहाउने गर्नाले चायाँ कम गर्न सकिन्छ ।चाया हटाउन विभिन्न एन्टी डेन्ड्रफ सेम्फूहरु उचित प्रयोग गर्न सकिन्छ ।

Advertisement

कपाल नकोर्ने, टाउको ननुहाउने, फुस्रो छाला भएका, चिसो मौसममा कोठा न्यानो पारेर बस्ने, बढी नुनिलो, गुलियो र मसालेदार खाना खाने तथा रक्सी सेवन गर्ने हरुमा चाया पर्ने सम्भावना बढी हुन्छ । जाडो मौसममा टाउकोबाट टोपी नझिक्ने, कम नुहाउनेहरुलाई चायाले उस्तै खेदो खन्छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)