समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

हल्दिवारी गाउँपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत : २२ करोड ६८ लाख बजेट सार्वजनिक

हल्दीबारी गाउँपालिका उपाध्यक्ष श्री डम्बर वहादुर गिरीवाट गाउँ सभामा पेश भएका आगामी आ.ब ०७८।०७९ को लागि प्रस्ताव नीति तथा कार्यक्रम  -शसत्र अनुदान बाहेक २२ करोड ६८ लाखको अनुमानित बजेट आजको गाउँ सभामा प्रस्तुत गरिएको छ ।

Advertisement

Advertisement

आर्थिक विकास:

1. कृषि/ पशुपन्छी विकास तर्फ:
1. हल्दीबारीको बाचा, झापाभरी माछा कार्यक्रमलार्इ निरन्तरता दिर्इने छ ।
2. प्रदेश नं १ को मत्स्य ह्याचरी निर्माण एवम् व्यवस्थापन कार्यक्रम कार्यान्वयन कार्याविधि २०७५ वमोजिम अनुदान प्राप्त गरि गाउँपालिकामा मत्स्य ह्याचरी निर्माणको कार्य अघि वढार्इनेछ ।
3. प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तरगत निम्न कार्यक्रमहरु
सन्चालनमा ल्यार्इनेछ ।
– कृषि तर्फका साना व्यवसायिक कृषि उत्पादन केन्द्र (पकेट) विकासकार्यक्रम निरन्तरता,

– माछाको साना व्यवसायिक कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रम निरन्तरता,
– धान बालीको साना व्यवसायिक कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रम,
-गँहु उत्पादन प्रवर्द्धन कार्यक्रम (बाली विकास कार्यक्रम)
4. किसानको खुशी, पशुपालन र कृषि” कार्यक्रमलाई निरन्तरता दिइएकोछ ।
5. कृषकहरुलाई कृषि कार्यसँग सम्बन्धित आवश्यक मल तथा विउ, विजन सहुलियत मुल्यमा समयमै गाउँपालिका भित्रका कृषि तथा बहुउदेश्यीयसहकारी संस्थाहरु मार्फत उपलव्ध गराउन आवश्यक प्रबन्ध मिलाईनेछ ।
6. बाख्रा र वंगुर खोर सुधारको लागि कृषकहरुलार्इ अनुदान रकम उपलव्ध गरार्इनेछ ।
7. नेपाल सरकारले पशु विमाका लागि व्योहोर्ने रकमका अतिरिक्त कृषकसँगको साझेदारीमा पशु विमा प्रवद्र्धन कार्यक्रमलार्इ निरन्तरता मिलार्इने छ ।
8. कृषकसँगको साझेदारीमा पशु नश्ल सुधार कार्यक्रम सञ्चालन गर्ने कार्यलाई निरन्तरता मिलार्इने छ ।
9. आन्तरिक तथा वाह्य परजिवी नियन्त्रणका लागि सम्बन्धित वडावाटै जुका रनाम्लेको औषधि गाई भैंसीलाई निःशुल्क उपलब्ध लगायत पशु उपचार सेवालर्इ निरन्तरता मिलार्इने छ ।
10. कृषक समुहहरुलाई कृषिमा यन्त्रिकीकरणका अनदानु उपलब्ध गराउने कार्यलार्इ निरन्तरता मिलार्इने छ ।
11. कृषकसँगको ५० प्रतिसत साझेदारीमा सिँचाई मोटर जडान तथा वितरणको कार्यलाई निरन्तरता दिइएकोछ ।
12. कृषि तथा पशु सेवासँग सम्बन्धित कार्यक्रमहरु सन्चालनको लागि सवै वडामा पशु तथा कृषि प्राविधिकहरुको व्यवस्थापन गर्ने कार्यलार्इ निरन्तरता दिर्इएको छ ।
13. कृषि उद्यमशिलाता कार्यक्रम सन्चालन गरिनेछ ।

14. पशु आहार कार्यक्रम अन्तरगत विभिन्न प्रजातिका घाँसको वेर्ना तथा विउ अनुदानमा उपलव्ध गरार्इनेछ ।
रोजगारी तर्फ:
15. रोजगारीको लागि रुपान्तरण पहल परियोजना अन्तरगत रोजगार सेवा केन्द्रको सन्चालन गरिनेछ ।
16. प्रधानमन्त्री रोजगार कार्यक्रमसँग आवद्ध गरि सवैलार्इ सिप सवैलार्इ रोजगार कार्यक्रम अन्तरगत मोवार्इ मर्मत तालिम, सवारी मर्मत तालिम लगायतका कार्यक्रम सन्चालन गरिनेछ ।
17. प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत स्थानीय सरोकारवाला तथागाउँपालिकाको साझेदारिमा निम्न अनुसारको कार्यक्रमहरु सन्चालन गरिनेछ ।
– नदि कटान नियन्त्रणका लागि तटबन्धन कार्यक्रम
– स्थानीय वजार लागतयतका सार्वजनिक स्थलहरुको सौन्दर्यकरणकालागि फुल रोप्न गमला तथा फोहोर व्यवस्थापनको लागि रिङ्गनिर्माण कार्यक्रम
– सार्वजनिक स्थलहरुमा वृक्ष रोपण कार्यक्रम

पर्यटन तर्फ:

18. फेरी पनि घुम्न जाउँ, हल्दीबारी गाउँ अभियानलाई निरन्तरता दिईएको छ ।
19. लोकतान्त्रिक शहीद स्मृत्ति पार्कमा आधारभुत संरचनाहरुको निर्माणका साथै आ.व. ०७८।०७९ भित्रमा Children Park निर्माणको कार्य समेत सम्पन्न गरि गाउँपालिकाको आन्तरिक आय समेत बढोत्तरी हुने गरि पार्क सन्चालनको लागि आवश्यक व्यवस्था मिलार्इनेछ ।
20. हल्दीबारी गाउँपालिका वडा नं ४ मा रहेको पाथिभरा पर्यटकीय क्षेत्र,हल्दीबारी गाउँपालिका वडा नं ५ मा रहेको सोडागान्धी सिमसार क्षेत्र लगायत गाउँपालिका क्षेत्रभित्रका जलथल जङगल, धनुषपोखरी,साकेलाथान, स्वर्गद्धारी, दुधकन्या, भुल्के, लक्ष्मीथान, किरातेश्वर शिवालय, सिंहदेवी, रमाइलोडाँडा लगायतका स्थानलाई पर्यटकीय स्थलको
रुपमा विकास एवम् विस्तार एकिकृत पर्यटन गुरुयोजना तयार गरि कार्य अघि वढाइनेछ।
सहकारी तर्फ:
21. पुँजीको अभावमा कृषि क्षेत्र मार्फत उद्यमशील हुन नसकेका युवाहरुलाई स्थानीय कृषि सहकारी संस्थाहरुको पुँजी परिचालन गरी सहुलियत दरमा ऋण उपलब्ध गराउनका लागि गाउँपालिका जमानीमा बस्ने नीतिलार्इ निरन्तरता दिर्इनेछ ।
22. गाउँपालिका क्षेत्रभित्र क्रियाशील सहकारी संघ संस्थाहरुको नियमनलाई थप व्यवस्थीत गरिनेछ ।
23. गाउँपालिका भित्रका सहकारीहरुको प्रतिनिधित्व गर्ने गरि सहकारीहरुको छाता संगठन गठन गरिनेछ ।
उद्योग वाणिज्य तर्फ:
24. गाउँपालिका क्षेत्रभित्र स्थापना भई सञ्चालनमा रहेका उद्योगधन्दा, कलकारखानाहरुलाई थप व्यवस्थित र कामदारहरुको सुरक्षामैत्री वनाउन आवश्यक व्यवस्था मिलाईनेछ ।
25. गाउँपालिका क्षेत्रभित्र स्थापना भई सञ्चालनमा रहेका उद्योगधन्दा, कलकारखानामा काम गर्ने कामदारहरुको अनिवार्य स्वास्थ्य विमा गर्नुपर्ने व्यवस्थालाई कडाईका साथ लागु गरिनेछ ।
26. गाउँपालिका क्षेत्रभित्र रहेका चिया किसानहरुले उत्पादन गर्ने चियापत्तीको मूल्य सामयिक बनाउनका लागि सरोकारवाला निकायहरुसँगको समन्वय र सहकार्यमा चियापत्तीको मूल्य निर्धारणका लागि गाउँपालिकाबाट आवश्यक
समन्वय गरिनेछ ।

27. स्वदेशी तथा विदेशी लगानी भित्र्याई स्थानीयस्तरमा उद्योगधन्दा, कलकारखानाको स्थापना गर्न चाहने व्यक्ति तथा संस्थाहरुलाई प्रोत्साहितगर्ने नीति लिइनेछ ।
28. स्थानीय उद्योगी व्यवसायीहरुको छाता संगठनको रुपमा गाउँपालिकास्तरीय उद्योग वाणिज्य संघको स्थापना गर्न पहल गरिनेछ ।

गरीब, गरीबी निवारण तथा लघुउद्यम तर्फ:

29. गरीब घर परिवार पहिचान तथा परिचय पत्र वितरण कार्यक्रम (गरिवलक्षित विशेष कार्यक्रम) संघीय सरकारसँगको साझेदारीमा सन्चालन गरिनेछ

30. गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तरगत उद्यमीको स्तरोन्नती (आवश्यकता पहिचानका आधारमा पुनर्ताजगी र एडभान्स सीप विकास तालिम कार्यक्रम) गरिनेछ ।
31. गरीबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तरगत लघु उद्यम विकास मोडेलमा नयाँ लघु उद्यमी सिर्जना गरिनेछ ।

सामाजिक विकास : खानेपानी तथा सरसफाई तर्फ –

32. हल्दीबारी गाउँपालिका भित्र स्वच्छ खानेपानी आपूर्तिका लागि हाम्रो लगानी, घर घरमा स्वच्छ खानेपानी कार्यक्रम अन्तरगत पालिका भित्रका तिन वटै खानेपानी उपभोक्ता समितिहरुसँगको समन्वय तथा साझेदारिमा खानेपानी पाईप लाइन विस्तार गरिनेछ ।
33. आर्थिक रुपले विपन्न सबै घर परिवारमा निशुल्क खानेपानी धारा जडान गर्न अनुदान उपलव्ध गराईनेछ ।

34. विगत बर्षहरुमा प्रत्येक वडास्तरमा गठन गरिएको समावेशी विकास समिति, युवा तथा खेलकुल विकास समिति, महिला विकास समिति र गाउँपालिकास्तरीय समावेशी विकास परिषद्, युवा तथा खेलकुद विकास परिषद्, महिला विकास परिषद मार्फत क्षमता अभिवृद्धि तथा सशक्तिकरणका कार्यक्रमहरुलाई निरन्तरता दिईनेछ ।
35. प्रत्येक वडा मातहत गठन गरिएका बाल क्लबहरुको क्षमता अभिवृद्धि हुने किसिमका कार्यक्रमहरु वडास्तरमै सञ्चालन गर्ने कार्यलाई निरन्तरता दिइनेछ । गाउँपालिका क्षेत्रभित्रका बालबालिकाहरुलाई सानै उमेरदेखी शासकीय
प्रणालीमा अभ्यस्त गराउनका लागि साविक हल्दीबारी, जलथल र गोलधाप गा.वि.स. का सबै वडाबाट कम्तीमा एक एक जना वालबालिकाको प्रतिनिधित्व सुनिश्चित हुनेगरी नमूना बाल संसद तथा आवश्यक अन्य
कार्यक्रम सञ्चालनमा ल्याइनेछ ।
36. ज्येष्ठ नागरिक, अल्पसंख्यक, दलित, आदिवासी जनजाति, अपाङ्ता भएका व्यक्ति, पिछडिएको क्षेत्र लगायतका वर्गको सशक्तिकरणका लागि उद्यमशीलता सँग सम्बन्धित कार्यक्रमहरु तर्जुमा गरी सञ्चालनमा ल्याइनेछ ।
37. दलित समुदायको आर्थिक सामाजिक तथा राजनीतिक लगायत अन्य क्षेत्रको सशक्तिकरणका लागि गाउँपालिकाहरुको सवै वडाहरुमा उत्पिडित सशक्तिकरण केन्द्र गठन गरी संचालन गरिनेछ ।

शिक्षा तथा खेलकुद तर्फ–

38. हामी सबैका ईच्छा सवैलार्इ निशुल्क शिक्षा कार्यक्रम अन्तरगत कक्षा १२ सम्म अध्ययन गर्ने सबै विद्यार्थीलाई निःशुल्क पठनपाठनको व्यवस्था मिलाइएको छ ।
39. सबै सामुदायिक विद्यालयमा कम्प्युटर शिक्षा प्रवद्र्धन गर्नका लागि घुम्ती कम्प्युटर शिक्षक, खेल प्रवर्द्धन गर्न घुम्ती खेल प्रशिक्षक, योग शिक्षा प्रवद्र्धन

40. सामुदायिक विद्यालयमा कार्यरत सहायक कार्यकर्ता तथा सहयोगीकर्मचारीहरुलाई श्रम ऐनले तोकेको न्युनतम सेवा सुविधा उपलब्ध गराइनेछ । यसका लागि उनीहरुलाई नेपाल सरकार तथा प्रदेश सरकारबाट प्राप्त गर्ने सेवा सुविधामा नपूग रकम गाउँपालिकाबाट व्योहोर्ने गरि व्यवस्था मिलाइएकोछ ।
41. लोपोन्मुख मेचे समुदायको भाषा संरक्षणका लागि सोही समुदायका विद्यार्थीहरुलाई लक्षित गरी श्री दीपेन्द्र प्रा.वि.मा मेचेहरुको मातृभाषामा पठनपाठन गर्ने गराउने कार्यलाई निरन्तरता दिर्इएको छ ।
42. जाग्रिती क्याम्पसलाई बहुमुखी क्याम्पसको रुपमा विकास गरिनेछ ।
43. विद्यालयमा विद्यार्थीहरुलार्इ उपलव्ध गरार्इने दिवा खाजालार्इ व्यवस्थित गर्न आफ्नै चमेना गृह नभएका विद्यालयहरुमा चमेना गृह निर्माणका लागि आवश्यक व्यवस्था मिलार्इने छ ।
44. तोकीए भन्दा विद्यार्थी संख्या वढी भएका विद्यालयहरुमा थप बाल शिक्षक तथा विद्यालय सहयोगीहरुको व्यवस्था गरिएको छ ।
45. सामुदायिक विद्यालयको व्यवस्थापनमा अभिभावकहरुको अर्थपुर्ण सहभागिता तथा शिक्षण गुणस्तर अभिवृद्वि गर्न उत्पेरित गरिनेछ । जसका लागि विद्यालय सन्चालन अनुदान उपलव्ध गराउन आवश्यक व्यवस्था मिलार्इने छ ।
46. उत्कृष्ट सामुदायिक विद्यालय, उत्कृष्ट प्रधानाध्यापक, उत्कृष्ट शिक्षक, उत्कृष्टबाल शिक्षक तथा उत्कृष्ट विद्यालय कर्मचारी सम्मान गर्ने कार्यलार्इ निरन्तरता मिलार्इने छ ।
47. कोरोना भार्इरस संक्रमणको जोखिमलार्इ मध्य नजगर गर्दै सामुदायिक विद्यालयहरुमा वैकल्पिक विधिवाट पठनपाठनको लागि आवश्यक व्यवस्था मिलार्इनेछ ।

स्वास्थ्य तर्फ_ 

48. कोरोना भाईरसको संक्रमण भएका व्यक्तिहरुलाई राख्न गाउँपालिकामा आर्इसोलेशन सेन्टर व्यवस्थापन गरीनेछ । साथै, सम्भावित महामारीको जोखिमलाई मध्यनजर गर्दे आवश्यकता वमोजिम अन्य स्थानमा समेत
क्वारेन्टाइन निर्माण गरिनेछ ।
49. गाउँपालिकास्तरीय आधारभुत अस्पताल तथा बिमा सुविधा सहितको फार्मेशी सेवा सन्चालनको लागि आवश्यक व्यवस्था मिलार्इने छ ।
50. आधारभुत स्वास्थ्य सेवालार्इ जनताको पहुँचसम्म पुर्‍याउन स्वास्थ्य सेवाका प्राथमिकता प्राप्त कार्यक्रमहरुलार्इ व्यवस्थित रुपमा कार्यान्वयन गरिनेछ ।
51. हल्दीबारी स्वास्थ्य चौकीमा प्याथोलोजि ल्याव स्थापना गरी सन्चालनमा ल्याउन आवश्यक व्यवस्था मिलार्इने छ ।
52. वडा नं ३ र वडा नं ५ मा सन्चालनमा रहेका आधारभुत स्वास्थ्य केन्द्रहरु आफ्नै भवनमा सन्चालनको लागि आवश्यक व्यवस्था मिलार्इने छ ।
53. जनताको कर, जनताकै लागि भन्ने मान्यता वमोजिम उपचारात्मक, निरोधात्मक र प्रवद्र्धनात्मक स्वास्थ्य सेवा प्रवाह गर्ने गरी स्थापना गरिएको जनता उपचार सहायता कोषको दायरालाई अझ व्यापक बनाउँदै लगिनेछ ।
54. म स्वस्थ, मेरो गाउँ स्वस्थ अभियानलाई व्यवस्थित गरी तपशलिमा उल्लेखित उपचारात्मक, निरोधात्मक र प्रवद्र्धनात्मक स्वास्थ्य सम्बन्धी गतिविधिहरु सञ्चालनमा ल्याइनेछ ।
–  मातृ शिशु स्वास्थ्य प्रर्बधन गर्न आमा सुरक्षा कार्यक्रम सन्चालन गरिनेछ । (निशुल्क फोलिक एसिड,क्यालसियम, प्रयोगशाला परिक्षण तथा गर्भवतीको लागि भिडियो एक्सरेसेवा,सुत्केरी प्याकेज समेत)
– उच्च रक्तचाप,मधुमेह ,मृगौला रोकथाम तथा निदान,उपचार सम्बन्धी एकिकृत कार्यक्रम
–  बिशेषज्ञ चिकित्सक समेत रहने गरी स्वास्थ्य शिबिर सञ्चालन
– जलथल स्वास्थ्य चौकीमा सन्चालनमा रहेको बर्थिङ सेन्टरमा प्रसुती गराउनु हुने सवै तथा कारणवश तोकिएको बर्थिङ सेन्टरवाट सेवा लिन नसक्नु हुने आर्थिक रुपले विपन्न परिवारलाई मातृशिशु पोषण कार्यक्रम सन्चालन

55. सवै ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, एकल महिला, गर्भवति महिला र शहीद तथा वेपत्ता परिवारका सन्ततीहरु तथा महिला सामुदायिक स्वास्थ्य स्वयम सेविकाहरुलार्इ तिनवटै स्वास्थ्य चौकीवाट ल्याबको सम्पूर्ण सेवा निःशुल्क उपलव्ध गराउन आवश्यक व्यवस्था मिलार्इने छ ।
56. नेपाल कुष्ठरोग संगतिसँगको सहकार्यमा कुष्ठरोग निवारण, नियन्त्रण तथा व्यवस्थापन सम्बन्धी कार्यक्रमहरु सन्चालन गरिनेछ ।

पुर्वाधार विकास–

57. संघीय सरकार तथा प्रदेश सरकारको समपुरक कोष, विशेष अनुदान तथातराई मधेश समृद्वी कार्यक्रमवाट स्वीकृत वजेट रकममा नपुग हुने रकम गाउँपालिकावाटै स्रोत व्यवस्थापन आयोजनाहरु समयमै सम्पन्न हुने व्यवस्था
मिलाईनेछ . ।
–  पिपलचोकवाट हल्दीबारी स्कूल चोक हुदै वेलागाडावाट गंगावाँध जाने सडक कालोपत्रे आयोजना
– रमार्इलो चोकवाट वाघडाँडा लक्ष्मीमावि हुदै पाराखोपीवाट गरामनी जोडने सडक कालोपत्रे आयोजना
– वडा नं. १ को जनजागृति मा.वि.देखी किराँतचोक हुँदै लाटीहोली र चाक्ला चोकवाट राम जानकी मन्दिर जाने सडक कालोपत्रे आयोजना
– मंगलवारेवाट वडावारी हुदै पाथिभरा पर्यटकीय क्षेत्रवाट ओली चोकतर्फ र केदार उप्रेतिको घरवाट वोडोसा चोक हुदै कन्चनश्री चन्द्रमार्ग जोड्ने सडक कालोपत्रे आयोजना
– मेजरनी चोकवाट उत्तर कन्टरगुट्टु हुदै दलित वस्तिवाट चिनीमाया चोक जोड्ने सडक र कुलुङ्गे चोकवाट ढडुवा वजार हुदै जाम्वा चोक पश्चिम हुलाकी सडक जोड्ने सडक कालोपत्रे आयोजना

– वडा नं ३ र ५ को वडा कार्याललय भवन निर्माण
58. आगामी आ.ववाट कार्यान्वयन हुने गरि मंगलवारे वाट धादरपाडा हुदै गिता भण्डारीको घरवाट गाउँपालिकाको निर्माणाधिन प्रशासकीय कार्यालय भवन जाने सडक कालोपत्रे आयोजना र प्रशासकीय भवनवाट दक्षिण कैदी माबोको
घर हुदै धनुषा स्कुलवाट त्रिवेणी चोक हुदै आधारभुत अस्पताल निर्माण हुने स्थान सम्म कालोपत्रे आयोजना लगायत आसपासका अन्य पहुँच मार्गहरुकोस्तरोन्नती तथा सडक ग्राभेल संघीय तथा प्रदेशिक सरकारसँगको साझेदारीमा
सन्चालन गरिनेछ ।
59. विगत आर्थिक वर्षहरुमा स्तरोन्नती तथा ग्राभेल गरिएका सडकहरुकोनियमित मर्मतसम्भार तथा नयाँ स्तरवृद्धि गरिने सडकका लागि सम्बन्धित वडावाट नै ग्राभेलको व्यवस्थापन मिलाइनेछ । वन, वातावरण तथा विपद् व्यवस्थापन
60. गाउँ विपद् व्यवस्थापन कोषमा आवश्यक रकम विनियोजन गरिनेछ । उक्त कोषको प्रयोग विपद्सँग सम्बन्धित प्रवद्र्धनात्मक, निरोधात्मक र उपचारात्मक क्रियाकलापमा खर्च गर्ने व्यवस्था मिलाइनेछ ।
61. सार्वजनिक स्थानमा वृक्षारोपण अभियान सञ्चालन गर्दा पहिलो प्राथमिकतामा घाँसे प्रजातिका विरुवा एवम् फलफुल प्रजातिका विरुवा रोप्ने अभियानलाई तीव्रता दिइनेछ ।
62. जलथलको चारकोशे बन हल्दीबारीको धन भन्ने नारा सहित जलथलको चारकोशे बनको जडिवुटि, बन्यजन्तुको संरक्षण गर्दै चोरी निकाशी निरुत्साहित गर्दै सामुदायिक वन समितिलाई गाउँपालिका अन्तर्गत सहयोग, नियमन तथा समन्वयन गर्ने नीति अघि बढाइनेछ ।
63. हल्दीबारी गाउँपालिकाको भुगोल भित्र पर्ने जलथलको चारकोषे जङ्गलका
२२ वटै सामुदायिक वन उपभोक्ता समूहहरुले आफ्नो बार्षिक कार्यक्रम अनिवार्य रुपमा गाउँसभावाट अनुमोदन गराउनु पर्ने व्यवस्थालार्इ कडार्इकासाथ लागु गरिनेछ ।
64. हल्दीबारी गाउँपालिकाका सवै स्थानीयवासी जनताहरु जलथल चारकोषे जङ्गलको वन उपभोक्ता समुहमा आवद्ध हुन पाउने गरि आवश्यक व्यवस्था गरिनेछ ।

संस्थागत विकास तथा सेवा प्रवाह–

65. गाउँपालिकाको आफ्नै प्रशासकीय भवनबाट आ.व.०७८।०७९ वाट सेवाप्रवाह हुने व्यवस्था मिलाइनेछ ।
66. उत्कृष्ट कार्यसम्पादन गर्ने तिन जना कर्मचारी सम्मान गर्ने संस्कारलाई निरन्तरता दिइएको छ ।
67. कर्मचारी कल्याणकारी कोष नियमावली, २०७५ बमोजिम स्थापना गरिएको कर्मचारी कल्याणकारी कोषको व्यवस्थापन तथा परिचालनलाई थप व्यवस्थित गरिएको छ ।
68. सभ्य समाज निर्माण एवम् कुशल नेतृत्व विकास गर्नका लागि न्यायिक समिति मार्फत नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन लगायत अन्य संघीय, प्रादेशिक तथा स्थानीय कानूनमा भएका महत्वपूर्ण प्रावधानहरु समेटी स्थानीय राजनैतिक दल, मेलमिलाप केन्द्र, नागरिक समाज, विभिन्न संघसंस्थामा आवद्ध पदाधिकारी लगायत आम सरोकारवाला नागरिकहरुलाई अभिमुखीकरण गरिनेछ ।
69. सबै सामुदायिक विद्यालय, गाउँपालिकाको कार्यालय, स्वास्थ्य चौकीहरु एवम् वडा कार्यालयहरुमा प्रयोग हुने गरि एकिकृत सफ्टवेयर÷प्रणली सन्चालन गरिने छ ।
70. गाउँपालिकाको कार्यालयमा जेष्ठ नागरिक तथा अपाङ्ग हेल्प डेस्कको स्थापना गरिनेछ ।

71. राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागसँगको सहकार्यमा घटना दर्ता तथा समाजिक सुरक्षा सम्बन्धमा दर्ता शिविर सन्चालन लगायतका अन्य स्वीकृत कार्यक्रमहरु सन्चालनको लागि आवश्यक व्यवस्था मिलार्इनेछ ।
72. विश्वव्यापी माहामारीको रुपमा फैलिएको कारोना भार्इरस संक्रमणको समयमा समेत जोखिम रहि सेवा प्रवाहमा सहयोग पुर्याउनु हुने सम्पर्ण स्वास्थ्यकर्मि (करार) र कर्मचारीहरु (करार) को कार्य सम्पादन तथा कार्यबोझ
समेतलार्इ विश्लेषण गरी नेपाल सरकारवाट तोकिए वमोजिमको न्यूनतम सेवा सुविधा उपलव्ध गराउन आवश्यक व्यवस्था मिलार्इने छ ।
73. कर्मचारीलार्इ १० दिनको पारिश्रमिक बराबरको रकमसहित पर्यटन काज उपलव्ध गराउन नेपाल सरकारवाट घोषणा गरे अनुसार तोकिए वमोजिमका कर्मचारीहरुलार्इ गाउँपालिकावाट समेत पर्यटन काज उपलव्ध गरार्इनेछ ।
74. गाउँपालिकामा कार्यरत स्थार्इ कर्मचारीहरुको सेवा सुविधा संघीय सरकारवाट बृद्धि भए बमोजिम नै हुने गरि आवश्यक व्यवस्था मिलार्इने छ ।
75. आवधिक योजना तर्जुमा गरिनेछ

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article