स्वास्थ्य
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

भेरोसेलको दोस्रो डोज असार २२ गतेदेखि लगाइने

काठमाडौं । कोरोना भाइरसविरूद्धको ‘भेरोसेल’ खोपको दोस्रो डोज असार २२ गतेदेखि लगाइने भएको छ।खोप शाखाका प्रमुख डा। झलक गौतमका अनुसार आगामी असार २२ गतेदेखि दोस्रो डोज लगाइने भएको हो ।

गौतमले झन्डै ४ लाख मानिसहरूले पहिलो मात्राको खोप लगाएको भन्दै उनीहरूलाई असार २२ गतेदेखि दोस्रो मात्रा लगाइने जनाए।

सरकारले चीनबाट अनुदानमा आएको १० लाख डोज खोपको पहिलो मात्रा गत जेठ २५ गते लगाएको थियो। चिनियाँ कम्पनी सिनोफार्मले विकास गरेको यो खोप यसअघि पनि सरकारले ८ लाख डोज लगाएको थियो।

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)