हल्दिबारी डटकम
Hover Ad Article
कृषि
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

हल्दिवारीमा गाई-भैसिको सुत्केरी भत्तालाई निरंतरता ,६८३ किसानले लगे सुत्केरी भत्ता

हल्दिवारी- हल्दिवारी गाउँपालिकाले गाई भैसी(सुत्केरी भए बापत दिदै आएको सुत्केरी भत्तालाई निरंतरता दिदै १०औं गाउँसभाले अनुमोदन समेत गरेको छ ।किर्तिम गर्भधारण गरिएका गाई(भैसिको हल्दिवारीले विगत ३ बर्षदेखी सुत्केरी भत्ता बापत १ हजार किसानलाई दिने गरेको हो ।
किर्तिम गर्भधारण गरि उन्नत जातका गाई भैंसीबाट दूध उत्पादन गरि किसानलाई आत्मनिर्भर गर्न गाउँपालिकाले पशुशाखा मार्फत किसानलाई प्रोत्साहन स्वरुप नगद १ हजार दिने गरेको कृषि तथा पशुशाखा प्रमुख सानुमाया श्रेष्ठले बताउनु भयो ।
उनका अनुसार चालू आर्थिक बर्ष २०७७-०७८ मा मात्र ६८३ गाई (भैंसीको सुत्केरी भत्ता बापत ६ लाख ८३ हजार रुपैयाँ किसानले लगेका छ्न ।
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)