साहित्य
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

कविता : शुभकामना

– राज कुमार कार्की
शुभकामना छ है वै रो व्यवसायी
संघको तीस वर्ष पुग्यो उमेर।
समस्याहरुको समाधान निकाल्दै छ यसले घुमेर।।
वार्षिक साधारण सभा पनि एउटा वर्ष दिनको ठूलै हो मेला।
कोरोनाको कहरले गर्दा घर(घरमा बसेरै भए पनि मनाउदै छौ यो बेला ।।
झिकेर व्यवसायी सबको दुस्ख आफू भित्र नै अटाउने।
जहाँ व्यवसायीको समस्या छ त्यहाँ समाधान गर्न टोलि खटाउने।।
एक मात्रै वै रो व्यवसायीहरुको छाता संघ हाम्रो।
नवीकरणको समस्या समाधान गरिदियो झन् कति राम्रो।।
जादै थिए वार्षिक सय नपुगेर मेनपावर खेर धेरै
सबको नवीकरण गराइ दियो है नलगाएर बेरै।।
क्यूभिसी ले सिन्डिकेट गरि मेडिकल गर्ने कामदारलाई दुस्ख दिदैछ।
हटाएर त्यसको आन्द्रा भुडी संघले अब लिदैछ।।
अध्यक्ष खाली भो कोरोनाले नै लगेर बिष्णु गैरे।
का वा अध्यक्ष नै भएकाछन् कमल तामाङ ऐले।।
मिलन सार अनुभवी नै का वा अध्यक्ष छन् अहिले।
व्यवसायीहरुको माझ नै छ यो कार्यसमिति जहिले।।
व्यवसायीको समस्या के हो भनि जड यस्ले देख्यो।
इतिहासमा सुनौलो अक्षरमा यसले आफ्नो कार्यकाल लेख्यो।।
बजारमा हल्ला छ मैले काम गरे भन्ने पनि धेरै आए।
वै रो व्य।संघले नै समस्या समाधान गर्‍यो भन्ने सबले चालपाए।।
मुख हुदाहुदै नाकले नै हजुर पानी कसरी खाए१
संघले गरेको कामलाई मैले गरेको हो भनि हल्ला फिजाए।।
सरकारले भन्दै छ रेमिटेन्सले आज यो देश चल्दैछ।
त्यही रेमिटेन्सले भुन्टेर कालीको चिसो चुलो जल्दैछ।।
सरकारले राम्रो नीति ल्याउनु पर्‍यो गरेर मात्रै हुन्न कुरा।
गरिदिने छ खाडीको पसिनाले राष्ट्रका सब आयोजना पुरा।।
खोज्दै छ सरकार उद्योग धन्दा चलाउनलाई दाता।
चल्छ उद्योग खाडीको पसिना लगानी गर्न सके अब ता।।
मिलिजुली सब हामी समस्याको समाधान भयो है ऐले।
सब वै रो व्यवसायी हातेमालो गरि अगाडि बढौ है जहिले।।
स्व।अध्यक्ष गैरेमा हार्दिक श्रद्धाञ्जली छ है।
यिनको सपना पुरा गरौ वै रो व्यवसायी सब एक भै।।
धन्यवाद ।

Advertisement

Advertisement
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article