साहित्य
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

कबिता :  पाषाणका चोटहरु 

  • दयानन्द गोस्वामी

कैयौं संगीनको घाउ त छँदै थियो
फेरि पनि आघात पार्यो मेरो मन,

Advertisement

हजारौँ पाषाण हरूको चोटले
जर्जर अनी जिर्ण भयो यो मुटु,

Advertisement

सहानुभूतिको शितल छायामा
जब साचेर मनलाई राखेको छु,

यद्धपि क्षारीय आँसूका थोपाहरू
सजल नयनको नील कुण्ड बाट,

अर्थबिहीन त्यो अन्दाजमा पनी
निरन्तर नै टप्प टप्प झरि रहँदा,

अनायास मेरा प्रयुक्तिहरू सारा
अडाउन न सक्दा निष्फल भएँ,
तर  !
अन्तर व्यथाका हरेक पलहरू
रोमांचक र अविस्मरणीय नै छन,

जब की चोट खाएको जर्जर मुटु
सुखदको अनुभूति गराई रहे पनी,

वात्सल्यमय द्वय हाथको स्पर्श र !
मलहम बिना चस्स दुखी रहन्छ,

सम्झि रहें म त व्यथा लाई सहँदा
थाहा छैन मलाई वेदनाको मापन,

हजारौं पाषाण हरूको चोटले
जर्जर अनी जिर्ण भयो यो मुटु,

कैयौं संगीनको घाउ त छँदै थ्यो
फेरि पनि आघात पार्यो मेरो मन।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article