साहित्य
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

कविता : फुल्यो बूढो रुख

राज कुमार कार्की

Advertisement

मृत्यु वरणमै पुग्यो अब भन्थे हिजो रुख
ढकमक्क फुल्यो छैन कतै पनि सुख्खा
आहा ! रंगीचंगी फूल फुल्यो ढमक्क रुख
आहो ! सारा नेपालीलाई मिल्छ अब सुख ।

Advertisement

सारा पातहरु फुलि बन्यो सब रंगीचंगी फूल
यसको शीतल छ्हारीमा नबस्नु नै हुनेछ भूल
रुख नै भन्छन् सबले मानव जीवनकै मुल
मानव मन्दिरमा पनि चढ्छ अब फेरि फूल ।

हिजोसम्म मर्‍यो भन्थे है केहीले बूढो रुख
मन्दिरमा चढाउने फूल भयो ऐले क्या सुख
मगमग बस्ना चल्यो अब मेची महाकाली
सारा नेपालीको हुन्न अब त भाग्य खाली ।

हिजोसम्म मर्‍यो अब भनि बजाउथे ताली
अब सारा नेपाली खुसीले गदगद यसपालि
सारा पातहरु अझै अब फूल्नेछन् बनि फूल
रुखको शीतल छ्हारीमै बसौ नगरौं अब भूल ।

नयाँ पाउलाहरु फेर्ने छ यसपालि झन रुखले
नयाँ नेपाल बन्ने छ भनि गदगद सब सुखले
पक्कै नेपाल बन्ने छ मर्दैन अब कोही दुस्खले
सारा नेपालीको भाग्यको रेखा कोर्नेछ रुखले ।
धन्यवाद ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article