साहित्य
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

कबिता – ऋतु

कसरी बदलिन्छ यो ऋतु?
प्रकृतिको रमणीक प्राङ्गणमा
क्षारीय आँशुको त्यो रंगले
स्वाँसको अनु पृष्ठ भूमिमा,
शुष्क अनुभूतिको प्रखाल
कसरी बन्न सक्ला यो मन्मा ?
मरुभूमि झैँ तृष्णित काल
जहिले सम्म रहन्छ शुन्यमा,
बसुन्धराको त्यो हर्ष उत्सव
जहाँ चन्द्र तारा रातचरीहरू,
गित, गजल, राग मल्हारमा
हुन्छन विभोर झुमी झुमी,
मिलन बिछोडको अन्तर्भाव
जसरी बदली नै रहन्छ ऋतु,
त्वरित हुन्छन् नाना तरंगहरू
कहिले फेरि नुपूरको त्यो धुन,
छमछमको सरगम सुनिन्छ
अनी ल्याउँछ प्रेमको संदेश,
रमाएरै बित्यो बैँस जवानी
जीवनको स्नेहिल सावनमा,
कसरी बदलिन्छ यो ऋतु ?
प्रकृतिको रमणीक प्राङ्गणमा

Advertisement

                                                – दयानन्द गोस्वामी

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article