साहित्य
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

कबिता : सपना 

दयानन्द गोस्वामी

Advertisement

कहिले अतीतका सपनाहरु बाट
कैयन मनले नै चयन गरी रहन्थ्यें,

Advertisement

कहिले म अन्तरको इच्छाहरु ले
सुत्रहरुको च्यादर बुनी नै रहन्थ्यें,

कहिले अनेकानेक घटनाहरु को
जंजाल मैं म त अल्झि नै रहन्थ्यें,

कहिले अरण्यको बाटो देखाएर
शितल बतास बनी बगी रहन्थ्यें,

प्रेयसीका आंँखाहरु केन्द्रित हुन्थे
पल्लव हरु अंकुर हुँदा हाँगाहरुमा,

झर्न थाले ती ओइलाएका फूलहरु
परिवर्तन होला अब बाताबरण मा,

भरोसाका भंग भए सबै सपनाहरु
क्षण मैं छुटे नाता सम्बन्ध आफ्ना,

जीर्ण भए जर्जर मनका नजरहरु
जब केन्द्रीत थिए कठिन पथमा,

फेरि सजाउन थालें तीनै सपनाहरु
जहाँ अन्तरले भरोसा गरी रहन्थ्यें,

कहिले अतीतका सपनाहरु बाट
कैयन मनले नै चयन गरी रहन्थ्यें।।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article