हल्दिबारी डटकम
Hover Ad Article
साहित्य
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

कविता : उठ सुकुमवासी, यहाँ रगत नै बग्छ !

                                                                              –  सुमन सिंह

Advertisement

यहाँ रगत नै बग्छ
तिमी प्रतिरोध गर या शान्त बन
शान्त बन्यौ भने
तिमिलाई उठाउछन छाप्राहरुबाट
उजाडिदिन्छन तिम्रा बस्तिहरु
दगिन्छन गोलिहरु
र बगाइन्छन रक्तधारा तिम्रा शरिरबाट
तिमिले प्रतिरोध गर्यौ भने
तिमिलाइ भनिन्छ देशद्रोही
बनाइन्छ आतंककारि
तिमि माथी आरोपको पहाड खस्न थाल्छ
दागिन्छन गोलिहरु
र बगाइन्छ्न रक्तधारा तिम्रा शरिरबाट
तिमिले प्रतिरोध गरेको समय
अँध्यारो कोठामा बसेर षड्यन्त्र गर्नेहरु
हिम्मत गर्दैन थिए तिम्रा छाप्रामा आगो झोस्न
तिम्रो बस्तिमा डोजर चलाउन
यतिबेला,
दमकमा तिम्रा बस्तिहरु उजाडिएका छन
बुटवलामा तिमि रगत बगाउंदैछौ
अँध्यारो कुनाबाट षड्यन्त्र गर्नेहरु
यतिबेला चल्मलाएका छन
अब प्रतिरोध गर्ने समय भयो
किनकि जीवन त प्रतिरोधमा रहेछ
त्यसैले उठ सुकुमवासी उठ
तिमिले रगत बगाउ नै छ
यहाँ रगत नै बग्छ
र म तयार छु तिमी संगै रगत बगाउन !

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)