साहित्य
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

हामी मान्छे पनि कस्ता मान्छेसँगै डराउने :प्रलाद सिलवाल

जन्म र मृत्यु बीचमा जिन्दगी जिउनु पर्ने
हामी मान्छे कस्ता लोभ र पापमा रमाउने

अर्काको कुरा काटेर आफू खुसी मनाउने
सत्यको वकालत गर्नेहरुलाई शत्रु बनाउने

हामी मान्छे पनि कस्ता मान्छेसँगै डराउने
आफ्ना मान्छेले आफ्नालाई नै हराउने

हामी मान्छे पनि कस्ता मान्छेलाई तर्साउने
आफ्नो स्वार्थका लागि अरुलाई फसाउने

सत्यको पक्षमा लागौं सधैं समाजसेवी बनौं
आखिर एकदिन सबै मरिन्छ किन डराउनेरु

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)