हल्दिबारी डटकम
Hover Ad Article
साहित्य
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

कबिता : ” अर्थ “

– दयानन्द गोस्वामी 

Advertisement

जीन्दगीको संघर्ष बाट सधैं
जीर्ण हुन्छ जब अन्तरमन,

Advertisement

सुख मिलोस आकाशै भरी
अनी त्यसको अर्थ के हुन्छ र?

जब सारा शुष्क हुन्छ जल बिना
छेस्को छेस्को बन्दै झरी रहन्छन्

तब बर्षिन लाग्दै गरेको त्यो बर्षा
अनी त्यसको अर्थ के हुन्छ र ?

नाता सम्बन्ध जे जस्तो नै होस
दुख पर्दा साथ न देओस कोही,

भरिपुर्ण सम्बन्धहरु भएर पनि
अनी त्यसको अर्थ के हुन्छ र?

कैयन धेरै खुशीका ती क्षणहरु
स्वच्छन्द व्यतीत हुन्छन जहाँ,

त्यसका लागी प्रतिक्षारत रहनु
अनी त्यसको अर्थ के हुन्छ र?

यदि कटुता बाट आहत भैकन
अन्तरमा अति आघात भएमा,

पछि मिठो बचन नै बोले पनि
अनी त्यसको अर्थ के हुन्छ र?

चाहे सुख सयल जती नै होस
यदि रोग ग्रस्त सारा शरीर भए,

असिम सुबिधाहरु भैकन पनि
अनी त्यसको अर्थ के हुन्छ र?

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)