हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

माविमा १५४७ नयाँ शिक्षक छनोटका लागि विज्ञापन

मंसिर २८, २०७८  । शिक्षक सेवा आयोगले माध्यमिक तहको १ हजार ५ सय ४७ शिक्षक छनोटका लागि खुला तर्फको विज्ञापन गरेको छ ।

Advertisement

आयोगले आज गरेको विज्ञापन अनुसार इच्छुक उम्मेद्वारले आगामी पुस १ गतेदेखि २९ गतेसम्म नियमित शुल्कमा र माघ ६ गतेसम्म अबिलम्ब शुल्कमा परीक्षा आवेदन फाराम भर्नुपर्ने आयोगले जानकारी दियो ।

Advertisement

आयोगका अनुसार सो विज्ञानपनको परीक्षा आगामी चैत्र १५ गते परीक्षा सञ्चालन हुने भएको छ । परीक्षा आवेदन फारम अनलाइनबाट भर्ने व्यवस्था गरिएको छ ।

यो सूचना आयोगले प्रँविधिक कारण वेबसाइटमा भने भोलि मात्र राख्ने भएको छ । साथै आयोगले भोलिको गोरखापत्रमा यो सूचना सार्वजनिक गर्ने भएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)