हल्दिवारी । शेरबहादुर देउवा नेपाली कांग्रेसको सभापतिमा दोस्रो कार्यकालका लागि निर्वाचि भएका छन् ।

आज सम्पन्न गणनामा देउवाले डा. शेखर कोइरालालाई पराजित गर्दै दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।

देउवाले ९०७ मतको अन्तरले जितेका हुन् । देउवाले २ हजार ७२४ मत ल्याए भने कोइरालाले १ हजार ८१७ मत मात्र ल्याए । त्यस्तै, ३३ मत बदर भएको थियो ।
यसअघि, आइतबार पहिलो चरणको निर्वाचनमा कसैले पनि ५१ प्रतिशत मत नल्याएपछि सोमबार दोस्रो चरणमा निर्वाचन भएको हो ।
पहिलो चरणमा निर्वाचनमा देउवाले २ हजार २५८ मत ल्याएका थिए कोइरालाले १ हजार ७०२ मत ल्याए ।
त्यसैगरी प्रकाशमान सिंहले ३७१, विमलेन्द्र निधिले २५० र कल्याण गुरुङले मात्रै २२ मत ल्याएका थिए ।
देउवा लगातार दोस्रोपटक कांग्रेसको सभापतिमा निर्वाचित भएका हुन् । यसअघि, ०७२ सालमा भएको निर्वाचनमा उनले रामचन्द्र पौडेललाई पराजित गर्दै पहिलोपटक कांग्रेसको सभापति भएका थिए ।