हल्दिवारी । नेपाली कांग्रेसको उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी भएका छन् ।

१४ औं महाधिवेशनबाट खड्का र गुरुङले क्रमसः २१२१ र १९०८ मत प्राप्त गरे । उपसभापतिका अर्का आकांक्षी विजय कुमार गच्छदार दुई मतले पराजित भए । उनले १९०६ मत प्राप्त गरे ।

यस्तै चन्द्र भण्डारीले १५८० मत पाएका छन् ।
उपसभापतिका अर्का उम्मेदवार सुजाता कोइरालाले ६४४, महेश आचार्यले १५८९ र दिव्या शाहले १३२ मत प्राप्त ग रे ।