हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

विमानस्थल अध्यागमनका कर्मचारीले कार्यालयमा मोबाइल चलाउन नपाउने

काठमाडौं, १४ माघ-त्रिभुवन विमानस्थल अध्यागमनका कर्मचारीले कार्यालय समयमा मोबाइल चलाउन नपाउने भएका छन् । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले शुक्रबार एक सूचना जारी गर्दै अराइभल कक्ष र डिपार्चर कक्षमा खटिएका कर्मचारीलाई कार्यालय समयमा ल्यान्डलाइन र अफिसियल मोबाइल मात्र प्रयोग गर्न निर्देशन दिएको छ ।

Advertisement

मोबाइल चलाएको या नचलाएकोबारे अध्यागमन अधिकृतले अनुगमन गर्नुपर्ने र मोबाइलको व्यक्तिगत प्रयोगको मात्रालाई नियन्त्रण तथा नियमन गर्नुपर्ने सूचनामा उल्लेख छ ।

Advertisement

अत्यावश्यक काम परेको अवस्थामा भने वरिष्ठ अध्यागमन अधिकृतलाई जानकारी गराएर फोन गर्न पाइने छ । कर्मचारीले सम्पूर्ण व्यक्तिगत मोबाइल आफ्नो लकरमा राख्न विभागले निर्देशन दिएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)