समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

अघिल्लो निर्वाचनमाभन्दा करिव २५ लाख मतदाता थपिए कूल मतदाता एक करोड ७९ लाख पुग्ने !

काठमाडौं – निर्वाचन आयोगले अगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा एक करोड ७९ लाख मतदाता रहने जनाएको छ । आयोगले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त जानकारी दिएको हो ।

Advertisement

‘२०७९ वैशाख २९ गतेलाई १८ वर्ष उमेर पुग्ने दिनलाई निर्दिष्ट मिति मान्दा एक करोड ७९ लाख मतदाता कायम हुने अनुमान छ,’ आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने ।

Advertisement

आयोगले यसअघि २०७४ सालमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा १ करोड ५४ लाख २७ हजार ९३८ जना मतदाता कायम गरेको थियो ।

२०७७ पुस ५ गतेसम्म आइपुग्दा देशभर मतदाताको संख्या १ करोड ६२ लाख ४३ हजार ११० जना पुगेको थियो । अघिल्लो स्थानीय तह निर्वाचनमा भन्दा २०७९ वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा २४ लाख ७२ हजार ६२ मतदाता थपिने अनुमान छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article