काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले दलहरूबीच सहमति भए आफूले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) संसद्मा टेबुल हुनबाट नराक्ने बताएका छन् ।

आज सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् । संसद्मा आफू ‘अम्पायर’ मात्रै भएको र निर्णायक भूमिकामा राजनीतिक दलहरू नै रहेको सभामुख सापकोटाको भनाइ थियो ।

साथै, उनले संसद् सञ्चालन गराउनेबारे बैठकमा छलफल भएको जानकारी दिए ।सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले) भने सहभागी थिएन ।