समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

झापाको कचनकवलमा ८ लाखको अवैध औषधि बरामद

झापा । अस्थायी प्रहरी चौकी कुटीले अवैध रुपमा नेपाल भित्राएको औषधि बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार भारतबाट अवैध रुपमा भित्राएको ८ लाख ४१ हजार ३९७ रुपैयाँ बराबरको औषधि बरामद गरिएको हो ।

कचनकवल –१ मा कुटिमा हिडिरहेका पुरुषलाई चेकजाँच गर्न खोज्दा औषधिको बोरा फालेर भागेको प्रहरीको भनाई छ । कुटीको गस्ती टोलीलाई देखेपछि युवाहरु भागेका थिए, झापाका प्रहरी प्रवक्ता बसन्त पाठकले भनेका छन् । बरामद भएको औषधिलाई जिल्ला प्रहरी कार्यालय ल्याएर सम्बन्धित कार्यालय बुझाउने तयारी गरिएको बताइएको छ ।

Advertisement

बोरामा फेला परेका औषधि –

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article