समाचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

एमसिसीविरुद्ध बुधबार नेपाल बन्द

काठमाडौं । ६ वटा कम्युनिस्ट घटकले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)विरुद्ध बुधबार नेपाल बन्द घोषणा गरेको छ ।

Advertisement

सम्भवत भोलि ९बुधबार० एमसिसी संसद्मा टेबल हुने भएकाले त्यसैलाई लक्षित गर्दै विभिन्न साना दल तथा मोर्चाले नेपाल बन्दको आयोजना गरेका हुन् ।

Advertisement

नेपाल आह्वान गर्नेमा नेपाल कम्युनिस्ट पार्टी, देशभक्त गणतान्त्रिक मोर्चा, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपाल (क्रान्तिकारी माओवादी) र नेकपा माओवादी केन्द्र (समाजवादी) छन् ।

यी दल र संगठनमा मोहन वैद्य, सिपी गजुरेल, विश्वभक्त दुलाल आहुति, ऋषि कट्टेल, गोपाल किरातीजस्ता नेताले नेतृत्व गरेका छन् । एमसिसी राष्ट्रघाती परियोजना भएकाले कुनै पनि हालतमा यो पारित गर्न नहुने ६ घटकको ठहर छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article