स्वास्थ्य
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

प्रदेश १ मा बिस्तारै कोरोना हराउँदै , आज २७ जनामा मात्रै संक्रमण

प्रदेश १ मा पछिल्लो २४ घण्टामा २७ जनामा कोरोना संक्रमण भएको छ । १७० जनाको पीसीआर परीक्षण गर्दा ८ र ३५१ ज्नाको एन्टिजेन परीक्षण गर्दा १९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Advertisement

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङ र सुनसरीमा ३–३ र झापामा २ जनामा संक्रमण भएको हो ।

Advertisement

मोरङको विराटनगरमा २ र कटहरीमा १, सुनसरीको कोशी गाउँपालिकामा १ र स्थानीय तह नखुलेका २, झापाको बुद्धशान्ति र भद्रपुरमा १–१ जनामा संक्रमण भएको हो ।

प्रदेश १ मा आज १०४ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ४९ महिला र ५५ पुरुष रहेका छन् । सक्रिय संक्रमितको संख्या १ हजार ११५ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article