हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

एमसीसी समयमै संसदमा नल्याउँदा अहिलेको अवस्था बन्यो : केपी ओली

काठमाडौं, ८ फागुन-प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसी संसद्‍मा समयमै नल्याउँदा अहिलेको अवस्था बनेको र देश विदेशी शक्तिहरूको क्रिडास्थल भएको बताएका छन् ।

Advertisement

सरकारले संसदमा आइतबार एमसीसी टेबल गरेपछि नयाँ बानेश्वरस्थित संसद्‍ भवनमा पार्टीका करिब ३ दर्जन सांसदहरुसँगको छलफलका क्रममा उनले समयमै संसदमा नल्याउँदा समस्या भएको बताएका हुन् ।

Advertisement

ढिला गरेका कारण अमेरिका र चीन बोल्नु पर्ने अवस्था बनेको उनको भनाइ थियो । छलफलमा सहभागी एमालेका प्रमुख सचेतक विशाल भट्टराईले अध्यक्ष ओलीलाई उदृत गर्दै भने, ‘ पहिला नै निर्णय गरेको भए अहिलेको अवस्था आउने थिएन।’

भट्टराईका अनुसार पछिल्लो परिस्थितबारे सांसदहरुले ओलीलाई जानकारी गराएका थिए । ओलीले संसद अवरोध निरन्तर रहने बताएका थिए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)