हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

एमसिसी संसद्मा पेश भएपछि देउवा किन उत्साहित ?

काठमाडौं । सरकारले प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को होहल्लाबीच प्रतिनिधि सभामा विवादित अमेरिकी परियोजना एमसिसी पेश गरेको छ ।

Advertisement

यससँगै प्रधानमन्त्री शेरबहादुर देउवा उत्साहित देखिएका छन् । संसद् बैठकबाट बाहिरिने क्रममा प्रधानमन्त्री देउवाले एमसीसी पास हुने बताएका हुन् ।सञ्चारकर्मीले एमसिसी के हुन्छ रु’ भन्ने जिज्ञासा राखेपछि प्रधानमन्त्री देउवाले ‘अब पास हुन्छ’ भनेका थिए ।

Advertisement

सत्ता गठबन्धनका शीर्ष नेताहरूको आइतबार बिहान बसेको बैठकमा एमसीसी टेबल गर्ने सहमति भएको थियो । तर, सत्तारुढ दलहरूले नै संशोधन नगरी पास गर्न नसकिने अडान राख्दै आएका छन् ।एमसिसीलाई लिएर पछिल्लो समयमा सत्ता गठबनधनबीच खटपट देखिएको छ । यस्तोमा प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष केपी ओलीसँग अघि बढाएका छन् ।

एमसिसी पारित गर्न साधारण बहुमत भए पुग्छ । एमाले संसद्मा सबैभन्दा ठूलो दल हो । उसँग ९८ सांसद छन् । नेपाली कांग्रेससँग ६० सांसद छन् । यी दुई मिल्दा १५८ पुग्छ । जबकि, एमसिसी पारित गराउन जम्मा १३६ सांसद भए पुग्नेछ ।देउवाको उत्साह हेर्दा ओलीले उनलाई ग्रिन सिग्नल दिएको अनुमान गर्न सकिन्छ । बारम्बारको भेटवार्ताले पनि यही देखाएको छ ।

त्यो त यसअघि ओली प्रधानमन्त्री भएको बेला एमसिसी संसद्मा पेश भएको थियो । तर, माओवादी केन्द्रको तर्फबाट सभामुख भएका कृष्णबहादुर महराले त्यसलाई छलफलको विषय नै बनाएका थिएनन् ।सत्ता गठबन्धनमा भुइँचालो आएको अहिलेको अवस्थामा देउवासँग सत्ता स्वार्थ मिलेमा ओली एमसिसी पारित गर्न तयार हुने कांग्रेसवित्तमा चर्चा छ । यसैकारण देउवा उत्साहित भएको हुन सक्छन् ।नेपाल वाच

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)