स्वास्थ्य
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका ल्याब इन्चार्ज यादवविरुद्ध अख्तियारको मुद्दा

हल्दिवारी -झापा , ९ फागुन । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका तत्कालीन ल्याब इन्चार्ज बिनोद कुमार यादवविरुद्ध अख्तियारले मुद्दा दायर गरेको छ । यादवलाई पीसीआर टेष्टको रिपोर्ट फेरबदल गरी लामो समयदेखि अनुचित लेनदेन गरेको भन्ने उजुरीको आधारमा अख्तियारले अनुसन्धान गर्न नियन्त्रणमा लिएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यादवमाथि अनुसन्धान गर्दा पीसीआर परीक्षण नै नगरी मौखिक रुपमा रिपोर्ट नेगेटिभ भएको भनी गलत रिपोर्ट बनाउने गरेको, आफ्नो कार्यकक्षमा नै व्यक्तिहरुको स्वाव संकलन गर्ने र रिपोर्ट पोजेटिभ आएमा पनि थप रकम लिई रिपोर्ट नेगेटिभ बनाईदिनेलगायतका धेरै काम गरेको पृष्टि भएको हो ।

Advertisement

यादवविरुद्ध कानुन बमोजिम कारवाही गर्न माग गर्दै आज बिशेष अदालत काठमाडौंमा आरोप–पत्र दायर गरिएको अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जनाएका छन् ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article