हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

उज्यालो गोलधाप बालक्लबको तेस्रो अधिबेशन सम्पन्न

हल्दिवारी l   उज्यालो गोलधाप बालक्लबको तेस्रो अधिबेशनबाट अनुप शांसकरको नेतृत्वमा नयाँ कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ ।

Advertisement

हल्दिवारी १ स्थित गोलधाप वडा कार्यालयको सभाहलमा आयोजित अधिबेशनमा गाउँपालिका अध्यक्ष रबिन्द्र लिङ्देनको प्रमुख आतित्यता रहेको कार्यक्रममा वडा नम्बर १ वडाकार्यालय र सहजकर्ता सरोज पौडेललाई सम्मान समेत गरेको छ।

Advertisement

प्रमुख अतिथी लिङ्देनले गाउँपालिकाले बालबालिकाको क्षेत्रमा गर्नु पर्ने काम सोचे जति गर्न नसकेपनि वडा नम्बर १ ले बालबालिकाको क्षेत्रमा रचनात्मक गतिविधि गर्दै पालिकालाई सकारात्मक सन्देश दिएको बताए । यस्तै वडाध्यक्ष त्रिलोचन सापकोटाले बालक्लबले काम गर्न खोजेको तर विभिन्न कारणले सम्बोधन गर्न नसकिएको बताए । गाउँपालिकालाई लक्ष्छित गर्दै सापकोटाले पालिकाले कार्यविधि बनाएर उत्कृष्ट बालक्लबलाई १ लाख दिने भनेपनी अहिले सम्म कार्यनयन नगरी स्थानीय सरकारले तत्काल सम्बोधन गर्न आग्रह गरे ।

२०७५ सालमा स्थापना भएको बालक्लबले विभिन्न गतिविधि गर्दै आएको छ । अधिबेशनका अवसरमा वडाका बिद्यालयले नृत्य प्रस्तुत गरेका थिए ।उपाध्यक्ष देबेन्द्र अधिकारीले स्वागत गरेको कार्यक्रममा नरेश बराल, राम पराजुलीले शुभकामना राखेका थिए।

आगामी नेतृत्वका लागि नयाँ कार्यसमितिको उपाध्यक्षमा पुस्कल घिमिरे ,सन्ध्या राई ,उत्तम कार्की सचिव सन्दिप गुरुङ ,सह- सचिव .मौसम खड्का र कोषाध्यक्ष रुश्मा पाठक र सदस्यहरुमा भुवन कार्की,बिनिशा बेघा,मन्सिका गुरुङ आशिष कट्टेल,विनिता नायक,सम्राट खरेल ,नुमा उप्रेती ,दिलशा पाठक ,कुशल भट्टराई ,रिजन चौहान,सुमन सोरेन,सुसन ढकाल ,युनिश आङ्देम्बे,अम्बिका महत्तो,दिपेश दर्जी ,इश्वर सेडाई,मन्दिरा घिमिरे,मनिष भण्डारी सदस्यमा चयन भएका छन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)