बिचार
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

प्रचण्डलाई खुल्ला पत्र : दिल राजवन्सी

कमरेड प्रचण्ड ,
तिमी बाट एउटै आशा थियो ,MCC परिमार्जन बिना पास गर्न सहयोग गर्ने छैनौ भनेर , बिडम्बना तिमि आज देश बेच्ने दलाल को सुचिमा आफ्नो नाम लेखाएका छौ ।

१७०००हजार सोझासाझा जनताले बलिदान दिएर ल्याएको यो परिवर्तन मा तिमिले आज खलनायक को भुमिका निर्वाह गरेको देख्दा तिमि प्रति घिणा लागेर आयो।
तिमिलाई समय ले फेरि एउटा मौका दिएको थियो ,जसरी आज नेपालि जनता MCC देशको हित मा छैन भने र आन्दोलन मा उत्रिएका थिए तिमिले सरकार छाडेर नेपाली जनताको भावना लाइ कदर गरेर सडक बाट आवाज उठाइदिए को भए नेपाली जनता ले तिमिलाइ सदै सम्झिने थिए।

आगामी चुनावमा कुन मुखले भोट माग्छौ नेपाली सामु ?
एमाले , काङ्ग्रेस त पहिले देखि देश र जनताको लागी बारम्बार घात गर्दै आएका थिए तर झिनो आशा थियो कि यो बेला माओवादी पार्टी छ , माओवादी पार्टी ले देश मा कालान्तर सम्म देशलाइ घात हुने कुनै सन्धि सम्झौता गर्दैन र गर्न पनि दिदैन भनेर ,तर तिमि र तिम्रो पार्टी अमेरिकी साम्राज्यवाद बाट यति डरायौ कि तिमिलाइ आफ्नै जनता बाट पनि भरोसा भएन ।


नेपाली सोझा साझा जनतालाई डर त्रास र धम्की दिएर जनयुद्ध लडे जस्तो सजिलो रहेन छ अमेरिकी साम्राज्यवाद ?

आज देखि सदैको लागि माओवादी मुर्दाबाद ???

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)