राजनीति
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

‘स्थानीय तहले नै आवश्यकताअनुसार गठबन्धन गर्न सक्छ’ : पौडेल

काठमाडौं ।नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टीको केन्द्रीय तहको निर्णयले स्थानीय तहमा गठबन्धन हुन नसक्ने बताएका छन् ।

Advertisement

पार्टीका संस्थापक नेता एवं पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको ११औँ स्मृति सभाका अवसरमा आज नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ९ ले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले सो धारणा व्यक्त गरेका हुन् । “केन्द्रीय तहको निर्णयले स्थानीय तहमा गठबन्धन हुन सक्दैन, स्थानीय तहले नै आवश्यकताअनुसार आगामी निर्वाचनमा गठबन्धन गर्न सक्छ”, उनले भने ।

Advertisement

नेता पौडेलले स्थानीय तहलाई प्रभावकारी बनाउनका लागि भ्रष्टाचार रोक्नुपर्ने बताए। आगामी निर्वाचनमा कांग्रेसले भ्रष्टाचार विरुद्धको एजेण्डालाई अगाडि सार्नुपर्ने उनको भनाइ थियो । “स्थानीय तहले विकासलाई गाउँगाउँमा लगेका छन्, विकाससँगै भ्रष्टाचार पनि बढिरहेको छ, यसलाई कांग्रेसले रोक्नुपर्छ”, उनले भने ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article