खेलकुद
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

झापा गोल्डकप : सातदोबाटोको बिजय यात्रा शुरु ( फोटोफिचर )

हल्दिवारी ,झापा । सातदोबाटो युथ क्लब झापाको बिर्तामोड स्थित डोमालाल राजवन्सी रंगशालामा शनिबारबाट सुरु भएको पाँचौँ संस्करणको झापा गोल्डकपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ ।

Advertisement

Advertisement

सातदोबाटोले युथ क्लबले जावलाखेल युथ क्लबलाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै सातदोबाटो क्वार्टर फाइनलमा पुगेको छ ।

सातदोबाटोका आकाश बुढामगर, प्रसान्त अवस्थी, कप्तान मानबहादुर तामाङ र विदेशी खेलाडी अजयी मार्टिनले गोल गरेका थिए भने जावलाखेलका लागि विदेशी खेलाडी जुनियर एक्लै २ गोल गर्न सफल भए । खेलको तेस्रो मिनेटमै सातदोबाटोका लागि अजयी मार्टिनले गोल गरेका थिए । निरज चौधरीले डिबक्समा दिएको पासलाई सदुपयोग गर्दै मार्टिनले ‘वान टच’मा गोल गरे । खेलको १३ औँ मिनेटमा जावलाखेलले १-१ को बराबरी गर्यो । विदेशी खेलाडी निकोलस फर्नान्डेजको क्रसमा जुनियरले गोल गरे ।

खेलको ३५ औँ मिनेटमा जुनियरले दोस्रो गोल गर्दै खेललाई २–१ को अग्रता कायम गरे । पहिलो हाफ २–१ मा टुंगियो । दोस्रो हाफको ८ औँ मिनेटमा सातदोबाटोका आशिष राईले गोल गर्दै खेल बराबरीमा पारे । पहिलो खेलको म्यान अफ दि म्याच सातदोबाटोका गोलरक्षक अभिषेक बराल घोषित भए ।

उनले नगद ९ हजार ९९९ नगद पाए । आइतबारको दोस्रो खेल नेपाल पुलिस क्लब र संकटा क्लबबीच हुने आयोजकले जनाएको छ । ३० फागुनसम्म हुने प्रतियोगिताको विजेताले नगद १२ लाख ५५ हजार र उपविजेताले ६ लाख ५ हजार पुरस्कार पाउने आयोजक समिति अध्यक्ष विनोद बस्नेतले जानकारी दिए ।

प्रतियोगितामा नेपालका ८ र भारतका २ क्लबको सहभागिता रहेको छ । पाँचौँ संस्करणको झापा गोल्डकपको उद्घाटन पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्नु भएको थियोे

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article