राजनीति
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

एकता पार्टीव्दारा कोशी प्रदेशप्रति असहमत

कमला भट्टराई/हल्दिबारी ,२२फागुन /राष्ट्रिय एकता पार्टी नेपालले आज एक प्रेस विज्ञप्ति मार्फत पूर्ब प्रधानमन्त्री तथा नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले शनिवार झापाको बिर्तामोडमा एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रदेश नं १को नाम कोशी राख्न दिएको बिचार प्रति ध्यानाकर्षण भएको र सो बिचार संग आफ्नो पार्टीले बिरोध जनाएको उल्लेख छ ।

Advertisement

पार्टीका केन्द्रिय अध्यक्ष प्रेमदीप थाम्सुहाङव्दारा हस्ताक्षरित बिज्ञप्तिमा पूर्व प्रधानमन्त्री तथा अध्यक्ष ओलीको अभिव्यक्ति यो क्षेत्रमा भएको पहिचान,स्वायत्तता,स्वशासन र लिम्बुवान,किरात,खम्बुवान आन्दोलनको मर्म र शहिदहरुको त्याग, नेपाल सरकार संग गरिएको ५बुंदे सहमति,सम्झौता र बलिदानको बिरुध्द भएको उल्लेख छ।

Advertisement

बिज्ञप्तिमा नेपाल आयल निगमका सबै कर्मचारीहरु माथी छानबीन गर्नुपर्ने मांग राखी अत्याधिक रुपया बृध्दि भएकों पेट्रोलियम पदार्थको मूल्य बृध्दि तत्काल फिर्ता गर्न समेत सुझाएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article