हल्दिवारी , २३ फाल्गुन । हल्दिवारी गाउँपालिका स्तरीय हात्तीपाइले रोग विरुद्धको आम औसधि सेवन अभियान , योजना तर्जुमा तथा बहुनिकाय गोष्ठी आज ( सोमबार ) हल्दिवारीमा सम्पन्न भएको छ ।

गाउँपालिका अध्यक्ष रवीन्द्र प्रसाद लिङ्गदेनको प्रमुख आतिथ्यतामा भएको गोष्ठीमा हात्तीपाइले विरुद्धको औसधिलाई जनस्तरमा कसरी पुर्याउने र यसबाट हुने प्रवाभका बारेमा छ्लफ्ल गरिएको थियोे ।
हात्तीपाइले रोग र स्यसबाट समाजमा हुन सक्ने प्रभावका बारेमा स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौलाले जानकारी गराउनु भएको थियोे ।
यहि फल्गुण २८ देखि प्रत्येक घरघर पुगेर औषधि खुवाउन लागिएको र त्यसलाई सफल पार्नको लागि गोष्ठीको आयोजना गरिएको प्रमुख निरौलाले बताउनु भयो ।
गोष्ठीमा हल्दिवारी गाउँपालिकाका ५ वटै वडाका जनप्रतिनिधिहरु , विभिन्न विद्यालयका प्रअ स्थानीय तिनवटा प्रहरी चौकीका प्रमुख ,ससस्त्र प्रहरीका प्रतिनिधि ,रेडक्रस कर्मी ,विभिन्न संघ सस्थाका प्रतिनिधि साथै संचार कर्मीको सहभागिता रहेको थियोे ।
हात्ती पाइले बिरुवाको आम औसधि सेवन अभियानलाई सबैले मिलेर सफल पार्नु जोड दिदै प्रमुख अतिथि लिङ्गदेनले जोखिममा रहेको हल्दिवारीका प्रत्येक नागरिकलाई औसधिबाट हुने फाइदाका बारेमा जानकारी दिनु पर्नेमा जोड दिनु भयो ।
जलथल स्वास्थ केन्द्र का प्रमुख राम प्रसाद ढकाले स्वागत गरेर संचालन भएको कार्यक्रममा वडा अध्यक्ष रोषन सिवाकोटी ,जलथल रेडक्रस सभापति रेम खरेल ,हल्दिवारी पेप्सनका अध्यक्ष याम दङ्गालले आम औषधि सेवनका बारेमा मन्तव्य राख्नु भएको थियोे ।
हल्दिवारी गाउँपालिका सूचना अधिकारी राजन न्यौपानेले सहजीकरण गर्नु भएको कार्यक्रम ५० भन्दा बढीको सहभागिता रहेको थियोे ।
