स्वास्थ्य
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

हल्दिवारीमा फागुन २८ गतेदेखि हात्तीपाइले विरुद्धको औषधि खुवाइने

हल्दिवारी ,झापा , २४ फागुन  – हल्दिवारी गाउँपालिकाका सबै वडामा यही फागुन २८ गतेदेखि हात्तीपाइले विरुद्धको औषधि खुवाउने भएको छ ।
हल्दिवारी गाउँपालिका स्वास्थ शाखाले  यहाँ आयोजित पत्रकार भेटघाटमा शाखाका प्रमुख  पुष्कर निरौलाले  झापाको हल्दिवारी सहित नेपालका  १० जिल्लामा हात्तीपाइले विरुद्धको औषधि खुवाइने  कार्यक्रम रहेको जानकारी दिनुभयो  ।
हात्तीपाइले हाइड्रोसिल र खुट्टामा देखिने गर्दछ । झापा लगायत  १० जिल्लाका ११४ स्थानीय तहका ६२ लाख ६३ हजार मानिसलाई औषधि खुवाउन लागिएको हो ।

विश्वमा ७२ देशमा देखिएको  हात्तीपाइले रोग नेपाल २५ देशमध्ये जोखिमको सुचिमा परेको छ ।हात्तीपाइले रोग एक प्रकारको मसिनो धागो आकारको जुका जस्तै परजीवीले गराउँदछ र   रोगको सङ्क्रमित लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने गर्दछ । मानिसको शरीरमा यो परजीवी प्रवेश गरेको केही वर्षपछि मात्र यस रोगका कारणले हुने दीर्घकालीन असर हात्तीपाइले र अण्डकोश सुनिने गरेको पाइन्छ ।

Advertisement

Advertisement
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article