हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

हिंसाका घटनामा सवैभन्दा वढि महिला पिडीत: चापागाईं

बिर्तामोड -झापा , २४ फाल्गुन । हिंसाका घटनामा सवैभन्दा वढि महिला पिडीत हुने गरेको नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) की केन्द्रीय सदस्य तथा झापा इन्चार्ज धर्मशीला चापागाई बताएकी छिन् ।

Advertisement

११२ औं अन्र्तराष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा अखिल नेपाल महिला संघ (क्रान्तिकारी) झापाले आज (मंगलबार) बिर्तामोडमा आयोजना गरेको जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रममा प्रशिक्षण दिदै चापागाईले माओबादीले मात्र महिलालाई एकताबद्ध गरेर उनीहरुका प्रत्येक समस्याको समाधान खोज्न सक्ने बताइन् ।

Advertisement

उनले आगामी बैशाख ३० गते हुन लागेको स्थानीयतहको निर्वाचनमा झापाका १५ वटै स्थानीयतहमा अनेमसंघका महिलाको सहभागीता हुन पर्नेमा जोड दिइन् संबिधानसभा सदस्य तथा महिला नेत्रृ सुशिला कन्दङ्वाले आगामी स्थानीयतहको निर्वाचनमा झापाका १५ वटै स्थानीयतहमा महिलाहरुलाई सहभागी गराउने चुनौती रहेको बताइन् । एमसीसीको भ्रम बाहिर गएको बताउँदै पार्टी नेतृत्वले त्यसका बिषयमा भ्रममुक्त बनाउने उनले बताइन् ।

कार्यक्रममा पार्टीका प्रदेश नं. १ उपाध्यक्ष मणिकुमार साम्पाङ(विजय) ले माओवादी पार्टीले न्यायको पक्षमा सम्पूर्ण महिलाहरुलाई साथ दिने बताए । आगामी निर्वाचनमा महिलाको सहभागीता वडादेखि पालिकासम्म रहनु पर्ने उनले बताएका छन् । ‘गाउँ गाउँमा सिंहदरवार आयो भन्थे’ उपाध्यक्ष विजयले भने ‘तर, पेटपेटमा मात्र आएको जस्तो देखिएको छ ।’

पार्टीका झापा संयोजक राजु आचार्य (अग्नि) ले महिलालाई प्रत्येक क्षेत्रमा सहभागी गराउन सके मात्र उनीहरुको अधिकार प्राप्त हुने बताए । उनले महिलाहरुमा हुने विभेद अन्त्यका लागि महिलाहरुको एकता जरुरी गरेको धारणा ब्यक्त गरे । सोही कार्यक्रमकाबीच निरुता चापागाईले ‘महिला दिवस’ शिर्षकमा कविता समेत प्रस्तुत गरेकी थिइन् ।

 

कार्यक्रममा वाइसिएल केन्द्रीय सदस्य अन्सु पराजुली, अखिल (क्रान्तिकारी) प्रदेश नं. १ उपाध्यक्ष मनिषा आचार्य, बुद्धिजिबी संगठनकी प्रदेश संयोजक राधिका ओझालगायतले महिला हिंसा र समाधानका विषयमा आ–आफ्नो धारणा प्रस्तुत गरेका थिए ।

अनेमसंघ(क्रान्तिकारी) झापाकी अध्यक्ष बन्दना झागरको अध्यक्षतामा भएको प्रशिक्षण कार्यक्रममा केन्द्रीय सदस्य चापागाईको प्रमुख आतिथ्य रहेको थियो । स्वागत अनेमसंघ(क्रान्तिकारी) झापा उपाध्यक्ष भुमिका कोइराले गरेको कार्यक्रममा औचित्यमाथि प्रकाश अनेमसंघ(क्रान्तिकारी) केन्द्रीय सचिवालय सदस्य निरु खतिवडाले पारेकी थिइन् । कार्यक्रमको सञ्चालन अनेमसंघ(क्रान्तिकारी) झापा सचिव इन्दिरा कार्कीले गरेकी थिइन् । प्रशिक्षण कार्यक्रममा जिल्लाभरका २ सय ५० बढि महिलाहरुको सहभागीता रहेको थियो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)