हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

विवाह वर्षगाँठमा पत्रकार उपचार कोषलाई शिक्षासेवी खनालले एकलाख एक हजार सहयोग

बिर्तामोड, फागुन २४ । बिर्तामोडका शिक्षासेवी गणेशप्रसाद खनाल तथा बुध खनालले नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषलाई एकलाख एक हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरेका छन् ।
मंगलबार आफ्नो विवाहको ६० औं वर्षगाँठको समारोहमा खनाल दम्पत्तिले उक्त घोषणा गरेका हुन् ।

Advertisement

खनाल बिर्तामोडस्थित गोमेन्द्र बहुमुखी महाविद्यालयका संस्थापक हुन् । ०१७ साल फागुन २४ गते बुध भट्टराईसंग वैवाहिक सम्वन्धमा जोडिएका खनालले ३२ वर्ष निजामति सेवामा रही अवकासपछि ०५३ सालमा गोमेन्द्र बहुमुखी महाविद्यालयको स्थापना गरेका थिए । उनका तीन छोरा दीपक अष्ट्रेलिया तथा रुपक र उत्तम बिर्तामोडमा अलग अलग शिक्षण संस्थाका सञ्चालक छन् ।

Advertisement

सहयोग घोषणा समारोहमा पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, बिर्तामोड ३ का वडाध्यक्ष भोजराज सिटौला, बिर्तामोड ६ का वडाध्यक्ष सूर्य कन्दङवा, महासंघका कोषाध्यक्ष रञ्जित प्रसाई, कार्यसमिति सदस्य बिनोद पाण्डे, पूर्वाञ्चल दैनिकका व्यवस्थापक चन्द्रकान्त ढकाल, राष्ट्रिय उपभोक्ता मञ्च झापाका अध्यक्ष मदनगोपाल सुब्बा, युवा नेता सन्तोष उप्रेती लगायतको सहभागिता थियो ।

खनालले विवाहउत्सवमा परोपकारी काम गरौं भन्ने भावनाले पत्रकारको दिगोे हितमा योगदान गर्न र अरुलाई पनि सहयोगका लागि प्रेरित गर्न सहयोग गर्न लागेकोे बताए ।

महासंघ झापा शाखाले स्थापना गरेको उपचार कोष एक करोड रुपैयाँ पु¥याउने लक्ष्य राखिएको छ lकोषको ब्याजबाट पत्रकारहरु बिरामी तथा दुर्घटनामा घाइते हुँदा उपचार सहयोग प्रदान गरिँदै आएको छ । कोषमा हालसम्म ५५ लाख रुपैयाँभन्दा बढी रकम जम्मा भइसकेको महासंघले जनाएको छ । कोषमा सहयोग जुट्ने क्रम जारी छ ।
: तस्वीर बिनोद पाण्डे

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)