हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

हल्दिवारीमा १५ दिने माला पोते डिजाइन तालीम सम्पन्न

जलथल ,झापा – २५ फाल्गुन । हल्दिवारी गाउँपालिका ३,४ र ५ वडाका १५ जना महिलालाई गरिबसंग विश्वेश्वर कार्यक्रम अन्तर्गत १५ दिने माला पोते डिजाइनर तालिम आज बुधबार सम्पन्न भएको छ ।

Advertisement

हल्दिवारी गाउँपालिका उपाध्यक्ष डम्बरबहादुर गिरिको प्रमुख आतिथ्यता तथा वडा नम्बर ४ अध्यक्ष होम प्रसाद चुडालको सभापतित्वमा उक्त समापन कार्यक्रम सम्पन्न भएको हाम्रा सहयोगी प्रकाश खतिवडाले बताएका छ्न । गत फागुन ८ गते देखि सुरु भएको तालिममा ३,४ र ५ वडा भित्रका निम्न आयस्तर भएका महिला दिदिबहिनीहरुलाइ १५ दिने माला पोते डिजाइन सम्बन्धि तालिम दिएको कार्यक्रम संयोजक मिना देबि उप्रेतीले जानकारी दिएकी छ्न ।

Advertisement

हल्दिवारी गाउँपालिका( साविक जलथल ) मा गरिबसंग विश्वेश्वर कार्यक्रम संचालन हुँदै आएको छ । तालिमको समापन कार्यक्रममा प्रमुख अतिथि डम्बरबहादुर गिरि ,हल्दिवारी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत प्रवीण दाहाल , ४ नम्बर वडा अध्यक्ष होम प्रसाद चुडाल ,५ नम्बर वडा अध्यक्ष शेर बहादुर नेम्बाङ ,कार्यपालिका सदस्य गितादेवी भण्डारी लगायतले तालिमबाट आत्मनिर्भर हुन सिकाएको ले व्यवहारमा लागू गर्न सहभागीलाई अनुरोध साथै गाउँ पालिकाले आवश्यक सहयोग समेत गर्ने प्रतिबद्धता जनाउनु भएको थियोे ।

कार्यपालिका सदस्य सर्मिला बिकले स्वागत गर्नु भएको तालिममा तालीमकि प्रशिक्षक गिता श्रेष्ठ ,संगठन समुहका अध्यक्ष वकिल सुरेन ,सहभागी वसन्ती हस्ता लगायतले तालीमबाट भएको फाइदा र आत्मनिर्भर हुन सक्ने भन्दै गाउँपालिकालाई आभार व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण कार्यक्रम संयोजक मिनादेवी उप्रेतीले गर्नु भएको थियोे भने सहभागीलाई प्रमुख अतिथिलगायतले प्रमाणपत्र बितरण गर्नु भएको थियोे ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)