स्वास्थ्य
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

छालामा चमक ल्याउन देखी किड्नीको समस्या समाधान गर्छ अंगुरले , यस्ता छन् अन्य फाइदाहरु

हल्दिवारी ।अंगुर स्वादका लागि मात्र नभई स्वास्थका लागि पनि उतिकै फाइदा जनक मानिन्छ । यो स्वादका निकै गुलियो र अमिलो हुने गर्दछ । यो एउटा रहरे फल हो । यो जन सुकै बेला पनि सेवन गर्न सकिन्छ ।

Advertisement

अंगुर सबैलाई मन पर्ने फलफुल हो । अंगुरलाई औषधीको रुपमा प्रयोग पनि गर्न सकिन्छ भन्ने सबैलाई थाहा नहुन सक्छ । यसले मानिसको सुन्दरतासँगै स्वास्थ्यमा समेत राम्रो गर्छ । अंगुर खानाले कब्जियतको समस्याबाट टाढा राखी पाचनशक्तिलाई स्वस्थ राख्न सहयोग गर्छ ।

Advertisement

नियमित अंगुरको सेवन गर्नाले कोलस्ट्रल कम गर्न मद्दत गर्छ ।यसको सेवनले किड्नीको समस्या समाधान गरी युरिक एसिड कम गर्न सहयोग गर्छ ।यसको नियमित सेवनबाट छालाको सौन्दर्य, रुघाखोकी आदिबाट छुटकारा पाउन सकिन्छ । रक्तस्रावको समस्यामा एक गिलास अंगुरको जुसमा दुई चम्चा मह घोलेर खाने हो भने नियन्त्रणमा आउँछ । घाउ, खटिरा निको पार्न पनि अंगुर सहयोगी हुन्छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article