हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

हल्दिवारीमा खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धि एक दिवसीय अन्तरक्रिया सम्पन्न

हल्दिवारी , २९ फाल्गुन । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यलय भद्रपुर र हल्दिवारी गाउँपालिकाको आयोजनामा स्थानीय तह जनप्रतिनिधि तथा अन्य सरोकारवाला हरु बिच खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धि एक दिवसीय अन्तरक्रिया कार्यक्रम हल्दिवारीमा सम्पन्न भएको छ ।

Advertisement

” आजको स्वच्छ भोजन, भोलिको स्वास्थ्य जीवन ” भन्ने नाराका साथ डिभिजन कार्यलयका प्रमुख भरतबहादुर पुरिको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा जनप्रतिनिधिहरु ,विभिन्न शाखाका प्रमुखहरु ,उधोग बाणिज्य संघका प्रतिनिधि ,स्थानीय जलथल, हल्दिवारी ,गोलधाप चौकीका प्रमुख ,ससस्त्र प्रहरी वल घेरावारीका प्रमुख ,स्थानीय संचार कर्मी लगायतको अन्तरक्रिया कार्यक्रममा सहभागिता रहेको थियोे ।

Advertisement

अध्यक्ष समेत रहेका प्रमुख गिरिले खाद्य ऎन २०२३ र खाद्यमा अपनाउनु पर्ने सजकता ,सरोकारवालाले निभाउनु पर्ने दाहित्वका बारेमा जानकारी गराउनु भएको थियोे । हल्दिवारी गाउँपालिका का प्रशासकीय अधिकृत तथा सूचना अधिकारी राजन न्यौपानेले सहजीकरण गर्नु भएको अन्तरक्रिया कार्यक्रमले हल्दिवारी गाउँ पालिका भित्रका बजार तथा खाद्य उत्पादन गर्ने व्यवसायको अनुगमन गरि सचेतता तथा आम जनतालाई गुणस्तर सम्बन्धि जनचेतना कार्यक्रम आयोजना बिभागलाई आह्वान गरेको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)