काठमाडौं २ चैत । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्ना सांसदहरुलाई जनतासँग नङमासुजस्तो सम्बन्ध राख्न आग्रह गरेका छन् ।
आज बुधबार बसेको संसदीय दलको बैठकमा ओलीले सांसदहरूले सारा हैसियत खोजेर आसन ग्रहण गरी नेता जस्तो नभई कार्यकर्ता जस्तो भएर जनतासँग नङमासुजस्तो सम्बन्ध कायम राख्न भनेका हुन् ।
सकेसम्म योग्य उमेदवार छानेर चुनावमा विजय प्राप्त हुने अभियानमा सरिक हुन ओलीले निर्देशन समेत दिएका दलका सचेतक विशाल भट्टराईले दिएका छन् ।
आगामी स्थानीय तह निर्वाचनमा ६५ देखि ७० प्रतिशत सिटमा एमालेले विजय प्राप्त गर्ने ओलीले दावी समेत गरेका छन् ।