हल्दिबारी न्यूज डेक्स , चैत्र ४/राष्ट्रिय एकता पार्टी नेपाल केन्द्रीय समिति व्दारा दमकमा घोषणा सभाको आयोजना गरी पार्टी केन्द्रीय समिति को सम्पन्न बैठकले प्रेम दीप थाम्सुहांङको अध्यक्षतामा ४५सदस्यीय केन्द्रीय समिति गठन भएको सार्वजनिक गरेका छन ।
पार्टी केन्द्रीय अध्यक्ष प्रेम दीप थाम्सुहांङको अध्यक्षतामा सम्पन्न सभामा पार्टीले राजनीतिक एवं सांस्कृतिक आन्दोलन मार्फत सबै खाले संघर्ष गर्ने प्रतिबद्धताका साथ पार्टी निर्माण ्गरिएको सुझाए ।
पार्टीको नव गठित केन्द्रीय समितिमा उपाध्यक्षव्दय आकाश लामा,ललित आले, महासचिव दिपेश पालुङवा,उप महासचिवव्दय
गंगा लावती,सुकबहादुर लिम्बु,सचिबव्दय राजकुमार लकान्द्री,तारा थलङ, सह सचिव व्दय रंजिता ताजपुरिया ,चैतन्य केदेम रह अर्थ सचिवमा मनकुमारी पन्धाक रहेका छन ।
सो घोषणा सभामा आसन्न स्थानीय तहको चुनावमा गठबन्धन वा स्वतन्त्र उम्मेव्दारी दिई चुनाव उपयोगको नीति अबलम्बन गर्ने,निर्बाचन आयोगमा दल दर्ता आबश्यक कागजातहरु निर्माण गर्न अध्यक्षलाई जिम्मेबारी दिएको र पार्टी संगठनलाई देशव्यापी बिस्तार गर्न अभियान मार्फत कार्यक्रम गर्ने भएको बताए ।

