राजनीति
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

हिन्दूराष्ट्र नेपाल राष्ट्रिय अभियानको ब्यानरमा जनता पार्टी झापाको भेला सम्पन्न

हल्दिबारी न्यूज डेक्स
बनियानी चैत्र ५/, / हिन्दु गणतन्त्र सहित हिन्दूराष्ट्र नेपाल स्थापनाका लागि संघर्ष गर्न तयार हुन नेपाली जनता पार्टीका प्रदेश नं१का संयोजक सुजाता उप्रेतीले आम नेपाली समुदायलाई अपिल गरेकी छिन।
नेपाली जनता पार्टी झापा जिल्ला स्तरिय भेलालाई झापा जिल्लाको भद्रपुर स्थित पार्टी कार्यालयमा आयोजित सभालाई सम्बोधन गर्दै प्रदेश संयोजक उप्रेतीले आज देशमा संसदीय व्यवस्था पूर्ण रूपमा असफल भएको निष्कर्ष प्रस्तुत गरे। देशमा बिदेशी दलाल र संसदीय व्यवस्थाका मतियारहरु सनातन हिन्दूराष्ट्रको ऐतिहासिक अस्तित्वलाई नामेट गर्न धर्मान्तरणको बाटोमा बिदेशी मिशिनररीहरुको प्रबेशबाट देशमा बैदेशिक हस्तक्षेप बढेको र राष्ट्रिय स्वाधीनता र अस्तित्व खुलेआम लुटाइएको हुदा यसका बिरुध्द हिन्दुबादी शक्ति एकजुट भएर लाग्न आग्रह गरिन।
नेपाली जनता पार्टीको जिल्ला स्तरिय भेलाबाट अध्यक्ष सहित ९सदस्यीय जिल्ला कार्यकारिणी समिति चयन गरेको छ । पार्टी जिल्ला समितिको अध्यक्षमा मन कुमार राई निर्वाचित भएका छन भने भेलाले जिल्ला कार्यकारिणी उपाध्यक्षमा टेक बहादुर देवान सचिबमा सोमनाथ सुबेदी,र कोषाध्यक्षमा हेमलता राई चयन भएकी छिन भने सदस्यमा क्रमशः भक्त बहादुर बिश्वकर्मा,लिला कुमारी सिंह,बिष्णु सुब्बा,विश्व मित्र राई र प्रबक्तामा शिब शंकर शर्मालाई मनोनयन गरिएको छ ।

Advertisement

Advertisement
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article