हल्दिबारी डटकम
Hover Ad Article
साहित्य
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

म त मूल्यहीन मान्छे : राज कुमार कार्की

म त यो देशको मूल्यहीन मान्छे।
समयले पनि मलाई उपयोग गर्छ छोड्छ।
चुनाव ताका तेरो अमूल्य मत हो भन्छन्।
मेरो सपना घोषणा पत्रमा कोरिन्छन्।
तर कहिल्यै नत फल्छन् नत फूल्छन्।
त्यसै ओइलिएर जान्छन्।
आफू माथि पुग्नलाई सधैं
मेरो टाउको नै गन्छन्।
भन्छन् तेरो टाउकाको मूल्य कतिरु
म त मासु पसलमा बेच्न राखेको
खसी बोका भन्दा मूल्यहीन मान्छे।
म त यो देशको मूल्यहीन मान्छे।
जब चुनाव सकियो पाँच वर्ष सम्म तेरो दुस्ख सुख के छ कसैले सोधपुछ गर्दैन।
किनकि म त यो देशको मूल्यहीन मान्छे।
हिड्दै गरेका मेरा पाइलाहरुका डोभहरु सारा मेटाइन्छन्।
म त यो देशको निकम्मा मान्छे।
मलाई उधारो सपनाहरु बाढेर हरियाली बनाइन्छ।
तर लहराउन फल्न फूल्न नपाउदै निमोठिन्छ।
किन भने म त यो देशको मूल्यहीन मान्छे।
जङ्गे पिलर रुन्छ म आवाज उठाउछु।
नेपाल आमा रुन्छिन
कालापानी लिपुलेक लिम्यियाधुरा हरायो भनेर
म आवाज उठाउछु चिच्याउछु
तर मेरो कुरा कसैले सुन्दैन
किनभने म त यो देशको मूल्यहीन मान्छे।
ती बाढेका उधारो सपनाहरु फल्न फूल्न नपाउदै ओइलाए।
एक्लै चिच्याउछु कराउछु रुन्छु
मेरो आवाज कसैले सुन्दैन
किनभने
म त यो देशको मूल्यहीन मान्छे।

Advertisement

मे न पा- १५,झापा।
धन्यवाद

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)